२८ असार २०८३, आइतबार

सर्लाही जलन घटनाका युवकलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

असार २६, २०८३
काठमाडौं
सर्लाही जलन घटनाका युवकलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

 सर्लाहीमा जलनको घटनामा परेका एक युवकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको सर्लाहीका प्रहरी प्रमुख (एसपी) रविन्द्र पौडेलले जानकारी दिए।

प्रहरीका अनुसार मण्डललाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्