३० असार २०८३, मंगलबार

पहिरो खस्दा कालीगण्डकी कोरिडोर अवरुद्ध

असार २९, २०८३
बाग्लुङ
पहिरो खस्दा कालीगण्डकी कोरिडोर अवरुद्ध
फाइल तस्वीर

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ ।

पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । 

पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए । पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ । 

लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको  नायव उपरीक्षक त्वातीले जानकारी दिए । 

कोरिडोरको वैकल्पिक सडक नहुँदा सडक नखुल्दासम्म यात्रु त्यही रहनुपर्ने बाध्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्