०५ साउन २०८३, मंगलबार

इरानमा सात घण्टासम्म अमेरिकी हमला

असार ३१, २०८३
काठमाडौं
इरानमा सात घण्टासम्म अमेरिकी हमला
फाइल तस्वीर

अमेरिकाले गएराति लगातार चौथो दिन पनि इरानका विभिन्न सैन्य ठेगानाहरूमाथि भीषण हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार करिब सात घण्टासम्म चलेको सैन्य अपरेसनका क्रममा हर्मुझ स्ट्रेटको आसपास रहेका इरानी मिसाइल तथा ड्रोन ठेगाना, नौसैनिक स्रोत र तटीय रक्षा प्रणाली (कोस्टल डिफेन्स सिस्टम) लाई निसाना बनाइएको हो । 

अमेरिकी सेनाले लडाकु विमान, ड्रोन र नौसैनिक जहाजहरूको प्रयोग गरी इरानका दर्जनौँ सैन्य ठेगानाहरूमा सटिक र शक्तिशाली प्रहार गरेको दाबी सेन्ट्रल कमान्डले बुधबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

अर्कोतर्फ, इरानको शक्तिशाली सैन्य सङ्गठन 'इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स'ले अमेरिकी आक्रमणको कडा जवाफ दिन शुरू गरिसकेको दाबी गरेको छ । आईआरजीसीले आफ्नो जवाबी अभियानअन्तर्गत बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। 

इरानले बहराइनमा रहेको अमेरिकी नौसेनाको 'फिफ्थ फ्लिट बेस' र जोर्डनको 'अजराक एयरबेस' लाई विशेष रूपमा निसाना बनाएको दाबी गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्