०१ साउन २०८३, शुक्रबार

६ लाख घुससहित इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

असार ३१, २०८३
काठमाडौं
६ लाख घुससहित इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर पक्राउ

इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रूपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगका अनुसार पुलको डिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

उक्त सूचनापछि टंगालस्थित आयोगको केन्द्रीय कार्यालय र आयोगको इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले इन्जिनियर खड्कालाई सेवाग्राहीबाट ६ लाख रूपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

आयोगका अनुसार उनलाई झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरमा घुस रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्