३२ असार २०८३, बिहीबार

जेनजी आन्दोलनका बेला फरार २२ वर्ष कैद सजाय पाएका कैदी पक्राउ

असार ३१, २०८३
काठमाडौं
जेनजी आन्दोलनका बेला फरार २२ वर्ष कैद सजाय पाएका कैदी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको साविक किरानचोक गाविस–५ (हाल गजुरी गाउँपालिका–८) स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३, सुन्ताखान बस्दै आएका ४२ वर्षीय दर्जबहादुर तामाङ रहेका छन् । 

तामाङलाई सोमबार काठमाडौंको सुन्ताखानबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । २२ वर्ष कैद सजाय पाएका उनी सजाय भुक्तान गर्ने क्रममा जेनजी आन्दोलनका बेला कारागारबाट भागेका थिए । 

तामाङ लागूऔषध मुद्दामा २०७४ असोज २३ गते पक्राउ परेका थिए । उनी २०७४ मंसिर २८ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा सजाय भुक्तान गरिरहेका थिए ।

प्रहरीका अनुसार उनी गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए । त्यसयता काठमाडौं उपत्यकामा लुकीछिपी बसिरहेको अवस्थामा सीआईबीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्