०२ साउन २०८३, शनिबार

सम्पत्ति छानबिन आयोगका सम्पूर्ण काम तत्कालका लागि स्थगित

असार ३२, २०८३
काठमाडौं
सम्पत्ति छानबिन आयोगका सम्पूर्ण काम तत्कालका लागि स्थगित

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग, २०८३ ले सम्पत्ति विवरण संकलन तथा छानबिनका सम्पूर्ण काम कारबाही तत्कालका लागि स्थगित गरेको छ ।

आयोगले बिहीबार सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मका लागि आफ्ना सबै काम स्थगित गरिएको जनाएको हो ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहिताको जिम्मेवारी बहन गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन गरिरहेको थियो ।

यसअघि असार २९ गते प्रकाशित सूचना नम्बर ४ बमोजिम यो विवरण संकलनको काम भइरहेको थियो ।

तर, निवेदक मणिराम उपाध्याय भएको उत्प्रेषण रिटमा सर्वोच्च अदालतबाट बुधबार (असार ३१ गते) अन्तरिम आदेश जारी भएको थियो । 

उक्त आदेशमा रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कसैबाट पनि सम्पत्ति विवरण संकलन र छानबिन समेतको कार्य नगर्नू/नगराउनू भनिएको छ ।

सर्वोच्च अदालतको सोही आदेशलाई पालना गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हाललाई स्थगित गरेको जनाएको छ । 

हेर्नुहोस् सूचना :

null

salt training

कमेन्ट गर्नुहोस्