०६ साउन २०८३, बुधबार

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

असार ३२, २०८३
बुटवल
कांग्रेस सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी

कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । 

जिल्लाको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा)को कुटपिटमा संलग्न भएको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरी प्रमुख, एसपी मनोहर भट्टले लोकान्तरलाई जानकारी दिए ।

कपिलवस्तु-३ बाट प्रत्यक्ष निर्वाचित सांसद शाहको खोजी कार्य भइरहेको एसपी भट्टले जानकारी दिए ।

सामूहिक आक्रमणमा शाह जोडिए पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले कानूनी प्रकृया अघि बढाएको हो ।

कमेन्ट गर्नुहोस्