०५ साउन २०८३, मंगलबार

झापाबाट हराएका ६५३ जना फेला

साउन ४, २०८३
काठमाडौं
झापाबाट हराएका ६५३ जना फेला

 जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो एक वर्षको अवधिमा जिल्लाबाट हराएका अधिकांश व्यक्तिको  खोजी गरेको छ। प्रहरीको वार्षिक तथ्याङ्कअनुसार विभिन्न स्थानबाट हराएका भन्दै ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेका छन् भने १४ जनाको खोजी जारी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकार भएका निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति सुरक्षित रूपमा फेला परेका हुन्। बाँकी १४ जनाको खोजी कार्य पनि निरन्तर जारी रहेको उनले जानकारी दिए।

यसैबीच, झापामा गत आर्थिक वर्षमा दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी फर्छ्यौट गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्लाभर घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी दर्ता भएकामा सबै उजुरीको आवश्यक प्रक्रिया पूरा गरी समाधान गरिएको हो।

कमेन्ट गर्नुहोस्