०७ साउन २०८३, बिहीबार

सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी बिनु यादव र मन्त्री बादीबीच भेटवार्ता

साउन ५, २०८३
काठमाडौं
सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी बिनु यादव र मन्त्री बादीबीच भेटवार्ता

सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिकसुरक्षा मन्त्री सीता बादीले भेटवार्ता गरेकी छिन् । 

मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् ।

उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेदनसमेत पेश गरेकी थिइन् ।

मन्त्री बादीले बिनु यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गरिने बताइन् । उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानूनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भेटवार्ताका क्रममा बिनु यादवको स्वास्थ्य अवस्था, आवश्यक सहयोग तथा जीविकोपार्जनसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो ।

साथै, मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरू सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाइने विषयमा समेत छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ ।

मन्त्री बादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै संवाद, समन्वय र कानूनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको बताइन् ।

उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

salt training

कमेन्ट गर्नुहोस्