
काठमाडौं, २ माघ- शिल्पा पोखरेल स्टारर सोसियो एक्सन ड्रामा मंगलमको गीत सार्वजनिक भएको छ । 'बम्पर उपहार' बोलको गीतमा शिल्पा र पृथ्वीराज प्रसाइँ फिचर छन् । दीपक शर्माद्वारा संगीतबद्ध गीत रोमान्टिक लाग्छ।
फागुन २५ गते रिलिज हुने फिल्मको यो गीतमा प्रमोद खरेलको स्वर र लेखु सहायत्रीका शब्द समावेश छन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियो विष्णु कल्पित घिमिरेले खिचेका हुन् ।
नवल नेपाल निर्देशित फिल्ममा थ्रीलर र ड्रामा समावेश छन् । पाका अभिनेता ओझाले बदलिएको दर्शकीय मुडलाई मंगलमले सम्बोधन गर्ने बताए । अभिनेत्री पोखरेल प्रस्तुतकर्ताको रुपमा छिन् ।