२३ असार २०८३, मंगलबार

सफ्टवेर बिग्रेपछि वाग्मती अञ्चलमा चारहजार सवारीको दर्ता रोकियो

कात्तिक २०, २०७४
सफ्टवेर बिग्रेपछि वाग्मती अञ्चलमा चारहजार सवारीको दर्ता रोकियो
काठमाडौं, १४ माघ – यातायात व्यवस्था विभागको लापरवाहीका कारण ठूलो संख्यामा सवारी दर्ता, नवीकरण र रिट्रायलका काम ठप्प भएका छन् ।

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि सञ्चालनमा रहेको सफ्टवेरमा समस्या आएपछि वाग्मती अञ्चलमा मात्र चार हजारभन्दा बढी सवारीको दर्ता रोकिएको छ ।

वाग्मती अञ्चल कार्यालयमा मात्र दैनिक एकहजार सवारी दर्ता हुन्छन् । त्यस्तै, नियमित ठूलो संख्यामा हुने सवारी लाइसेन्स नवीकरण र लाइसेन्सका लागि ‘रि–ट्रायल’ को काम पनि प्रभावित भएको छ ।

यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चलका अनुसार वाग्मती अञ्चलमा गत मंगलवारदेखि नयाँ सवारी दर्ता, नवीकरण र रि–ट्रायलका काम ठप्प छन् ।

‘सफ्टवेरमा समस्या आएपछि लाइसेन्स वितरणका कामहरू प्रभावित भएका छन्,’ यातायात कार्यालय एकान्तकुनाका प्रमुख तेजनारायण यादवले लोकान्तरसँग भने । उपत्यकामा सवारी लाइसेन्स वितरणका लागि नयाँ कार्यालय विस्तार गर्दा सर्भरले धान्न नसकेको यादवले बताए ।

‘पहिला एउटामात्र कार्यालय मात्र रहेकामा दुईवटा कार्यालय थप गरेपछि सर्भरले धान्न सकेन,’ उनले भने ।
तर यसको काम भइरहेको कार्यालयले बताएको छ । आगामी सोमवारदेखि लाइसेन्स वितरणका सबै काम सुचारु हुने यातायात विभागको दाबी छ ।

बिहीवार यातायात व्यवस्था विभागले बिहीवार र शुक्रवारका लागि लाइसेन्स वितरणका काम बन्द रहने सार्वजनिक सूचना नै जारी गरेको थियो । आगामी सोमवारदेखि मात्र लाइसेन्स वितरणको काम अघि बढ्ने कार्यालयको भनाइ छ ।

सवारी लाइसेन्स वितरणका अन्य काम प्रभावित भए पनि लिखित परिक्षा भने शुक्रवारदेखि जारी राखेको यातायात कार्यालय एकान्तकुनाका प्रमुख यादवले बताए ।

१३ जिल्लामा १० दिनदेखि प्रभावित

सफ्टवेरमा समस्या देखिएपछि वाग्मतीबाहेकका बाँकी १३ अञ्चलमा पनि लाइसेन्स वितरणसँग सम्बन्धित अधिकांश गतिविधि प्रभावित भएका छन् । ती अञ्चलमा दैनिक दुई हजारभन्दा बढी नयाँ सवारी दर्ता हुन्छन् ।

वाग्मतीबाहेकका अञ्चलमा विगत ६ वर्षदेखि सफ्टवेर अपग्रेड हुन सकेको छैन । त्यहाँ सफ्टवेर अपग्रेड गर्नका लागि रिइन्स्टलिङको काम भइरहेको कार्यालयले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्