२२ असार २०८३, सोमबार

सलमानको नेपालम हुने कार्यक्रम रोकिएको छैन–आयोजक

फागुन १८, २०७४
सलमानको नेपालम हुने कार्यक्रम रोकिएको छैन–आयोजक

भारतीय अभिनेता सलमान खानलको उपस्थितिमा नेपालमा हुने कार्यक्रम स्थगित भएको समाचारहरु सार्वजनिक भएका छन् । दबंग द टुर नाम दिइको कार्यक्रम स्थगन भएको जनाइएकाे हाे ।

सलमान खानको नेपाल भ्रमणलाई अवरोध गर्ने नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीको धम्की पछि उनी नेपाल नआउने भएका समाचारहरुमा उल्लेख गरिएको छ ।

सलमानले आफू कार्यक्रममा सहभागी नहुने सन्देश पठाएपछि आयोज संस्था ओडिसी इन्टरनेशनलले कार्यक्रम स्थगित गरेको दाबी गरिएकाे छ ।

तर आयोजक संस्था ओडिसीले भने यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

‘सलमान नेपाल आउने कार्यक्रम रोकिएको छैन’ लोकान्तरको टेलिफाेन सम्पर्कमा  ओडिसीले भन्यो । 

उता कार्यक्रमा अनलाइन बुकिङ गरिरहेको मेरो सोले पनि टिकट वितरण नरोकिएको जनाएको छ । 

यही १० मार्चमा काठमाडौँको टुडिखेलमा हुने भनिएको ‘दबंग द टुर’ कार्यक्रममा अभिनेता सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, डेजी शाह, मिट ब्रदर लगायतका कलाकार नेपाल आउने कार्यक्रम थियो।

salt training

कमेन्ट गर्नुहोस्