कात्तिक २६, २०८०
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं — कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।
तपाईं आफैंमा पनि यस्तो नराम्रो बानी हुनसक्छ । यो बानीका कारण मानिसहरू तपाईंबाट टाढिएका हुनसक्छन् । यो समस्याबाट मुक्ति पाउन तपाईंको मन दह्रो हुनुपर्छ । यहाँ केही टिपहरू छन् ।
सजिलो छ भन्नुस्
तपाईंले धेरै बोल्ने बानी छुट्दैन भन्ने धारणा राख्नुभएको होला । तर म यो बानी हटाउँछु भनी दिनदिनै प्रयास गर्दा तपाईंले सुपरिणाम पाउनुहुन्छ । सकारात्मक सोच राख्नुस् र निरन्तर प्रयासका लागि तयार रहनुस् ।
चुप लाग्ने अभ्यास
धेर बोल्ने बानीबाट छुटकाराका लागि चुप लाग्न थाल्नुस् । कुनै विषयमा तपाईंको विचार मागियो भने कम शब्दमा आफ्नो कुरा राख्ने कोशिश गर्नुस् । शुरुमा त तपाईंलाई अलि गाह्रै पर्छ तर बिस्तारै तपाईं यसमा अभ्यस्त हुनुुहुनेछ ।
सुन्न थाल्नुस्
धेर बोल्ने धुनमा तपाईंले अर्काको कुरा सुन्ने आवश्यकता नै ठान्नुहुन्नथियो पहिला । अर्कालाई कुरा राख्न पर्याप्त अवसर दिनुस् अब । चुप लागेर अर्काको कुरा सुन्ने बानी बसाल्नुस् । त्यसपछि तपाईंले अर्को व्यक्तिको कुराको महत्त्व थाहा पाउनुहुन्छ । यसबाट तपाईंमा संयमको गुण पनि विकसित हुन थाल्छ र तपाईंलाई फाइदा हुन्छ ।
बहस गर्न रोक्नुस्
कुराकानीको सामान्य माहोलमा तपाईं कम बोल्न सफल भएपनि कुनै मुद्दामा असहमति हुनासाथ बहस गर्नका लागि आफैंलाई रोक्न सक्नुहुन्न । यस्तो अवस्थामा संयम कायम राख्नुस् र हरेक सानाठूला कुरालाई बढाइचढाइ गर्नुभन्दा धैर्यका साथ सुन्नुस् र सीमित शब्दमा कुरा राख्नुस् ।
शब्द छनोट
धेर बोल्ने बानीबाट छुटकारा पाउनका लागि शब्दको छनोट सही हुनुपर्छ । आफूअघि बसेको मानिससम्म आफ्नो मन्तव्य स्पष्ट तरिकाले पु–याउनका लागि अनि आफ्नो शब्दले अरूलाई ठेस नपु–याउनका लागि ध्यान दिनु जरूरी हुन्छ ।
बोल्नुअघि सोच्ने
अहिलेसम्म तपाईंको सारा ध्यान कुरा गर्नमा हुन्थ्यो भने अबदेखि बोल्नुअघि आफ्ना विचारका बारेमा सोच्न शुरु गर्नुस् । तपाईंले भन्न खोजेका कुरा आवश्यक वा अति महत्त्वपूर्ण छन् त ? यो प्रश्न आफैंसँग गर्नुस् र महत्त्वपूर्ण कुरा मात्र बोल्नुस् । यसो गर्दा तपाईं अनावश्यक कुरा बोल्नबाट बच्नुहुन्छ र यो अभ्यासले तपाईंलाई धेर बोल्ने बानी छुटाउन सहायता गर्छ ।
एजेन्सी
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...