×

NMB BANK
NIC ASIA

काठमाडौं, २७ चैत– मंगलवार विहानदेखि बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आजको बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (प्रमुख) चयन गर्ने सम्बन्धमा निर्णय हुने अपेक्षा गरिए पनि त्यससम्बन्धी कुनै निर्णय भएको छैन । 

Muktinath Bank

गृह मन्त्रालय स्रोतका अनुसार दुवै प्रहरी संगठनका प्रमुख चयनको निर्णय अर्को बैठकमा हुने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद बैठक मंगलवार नै दोस्रो पटक पनि बस्ने संभावना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आज राति १२ बजेदेखि दुवै प्रहरी संगठनका प्रमुखको सेवा अवधि सकिदै छ । त्यसैले दुवै संगठनको प्रमुख चयनका सम्बन्धमा तत्काल निर्णय गनुपर्ने देखिन्छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने, ‘आज (मंगलवार) नै दोस्रोपटक पनि मन्त्रिपरिषद बैठक बस्न सक्छ ।’


Advertisment
Nabil box
Kumari

मंगलवार विहानको बैठकमा भने प्रहरी प्रमुख चयन गर्ने विषयमा कुनै प्रस्ताव पेश नभएको जनाइएको छ । गृह मन्त्रालयले आर्इजी चयनका सम्बन्धमा प्रस्ताव नपठाएको हो । 

Vianet communication

‘हामीहरुलाई आज (मंगलवार) साँझसम्म दुवै प्रहरी संगठनका संभावित प्रमुखको टिप्पणी उठाएर प्रस्ताव बनाउन भनिएको छ,’ गृह मन्त्रालयका सुरक्षा महाशाखाका एक अधिकारीले लोकान्तरसँग भने, ‘आज विहानको बैठकमा गृह मन्त्रालयबाट कुनै प्रस्ताव पेश भएको छैन । हामीले प्रस्तावबारे तयारी गरिरहेका छौं ।’

नेपाल प्रहरीको आगामी महानिरीक्षकका लागि ३ जना नायव महानिरीक्षक (डिआईजी)को नाम चर्चामा छ । बरियताका आधारमा एक नम्बरमा रहेका सर्वेन्द्र खनाल, दुई नम्बरमा रहेका रमेश खरेल र तीन नम्बरमा रहेका पुष्कर कार्की प्रहरीको आइजी हुने दौडमा छन् । 

यस्तै सशस्त्र प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेन्द्र खनाल, पुष्पराम केसी र नारायणबाबु थापा प्रतिस्पर्धामा छन् । बरियताका आधारमा सशस्त्रमा शैलेन्द्र खनाल अगाडि छन् भने उनीभन्दा ११ महिनापछि एआईजीमा बढुवा भएका केसी र थापा पनि आर्इजी बन्न चर्काे लबिङमा छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x