२० असार २०८३, शनिबार

यसरी सुरु भयो विक्रम संवत्

यसरी सुरु भयो विक्रम संवत्

काठमाडौँ, १ वैशाख- आज विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । 

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । 

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । 

 विक्रम संवत् सुरुवात   

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्तले  मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताए । “नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ”–उनले भने  । 

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उनले दिए  । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । 

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले सुनाए । विक्रम संवत्लाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  विसं शास्त्रीय संवत भएको बताए  । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो”–उनले भने  । 

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्