काठमाडौं,२१ माघ– जयश्री संगीत समाजले आउने २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा भारतका वरिष्ठ कृत्थक नृत्यांगना शिखा खरेले कत्थक नृत्य प्रस्तुत गर्दै छिन् ।
कार्यक्रममा वरिष्ठ तबदलावादक रविनलाल श्रेष्ठले संगत गर्दैछन् । उनलाई नेपालका विभिन्न परम्परागत वाद्यवाद्यकहरुको प्रस्तुति रहने छ । नृत्य आँगनका नृत्यंगनाहरुले शिखालाई कत्थक नृत्यमा साथ दिँदै छन् ।
जयश्रीको आयोजनामा दुईबर्ष अघि भारतका वरिष्ठ बासुरी वादक हरिप्रसाद चौरासियाले नेपाली कलाकारहरुसँग मिलेर सांगीतिक प्रस्तुति दिएका थिए ।
कत्थक नृत्यंगना शिखा भारतीय टेलिभिजन दुरदर्शनको ए लेभलको कलाकारका रुपमा गनिन्छिन् । शिखा खरे भारतीय विख्यात कत्थक गुरु विर्जु महाराजको शिष्य हुन् ।