×

NMB BANK
NIC ASIA

बैंक घोटाला प्रकरण : धरौटी तिर्न नसक्दा वाणिज्य बैंक रानीका दुई कर्मचारी जेल चलान

बैशाख ५, २०७५

NTC
Premier Steels

विराटनगर, ५ वैशाख-मोरङ जिल्ला अदालतले धरौटी मागेपछि वाणिज्य वैंक बन्दरगाह शाखाका प्रबन्धक र काउण्टर इञ्चार्ज पुर्पक्षको लागि जेल चलान भएका छन् ।

Muktinath Bank

मोरङ जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि राष्ट्रिय वाणिज्य बैंक रानी बन्दरगाह शाखाका प्रबन्धक विष्णुप्रसाद निरौला र काउण्टर इन्चार्ज तोर्णराज राउत पुर्पक्षको लागि जेल चलान भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पैसा नभएको बैंक खाताको अकाउण्ट पेयी चेक दिएर भन्सारबाट सामान क्लियर गराउन मिलेमतो गरी ९ करोड ६१ लाख ५५ हजार घोटाला गरेको आरोप उनीहरूमाथि लागेको थियो ।


Advertisment
Nabil box
Kumari

मोरङ जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद भण्डारी र बोलेन्द्र रुपाखेतिको इजलासले बैंकका प्रबन्धक निरौलालाई दुई करोड र बैंकका भन्सार काउण्टर इञ्चार्ज राउतलाई २ करोड ५० लाख धरौटी माग गरेको थियो । अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका हुन् ।

Vianet communication

भन्सार एजेन्ट अझै फरार

अदालतले बैंकका कर्मचारीलाई धरौटी मागेर जेल हाले पनि अहिलेसम्म भन्सारमा क्लियरिङ गरेर पैसा नै नभएको बैंकको चेक दिने भन्सार एजेण्टहरू अहिले पनि फरार छन् ।

अदालतको उक्त आदेशपछि बैकिङ कसुरका मुख्य अभियुक्त भन्सार एजेन्टहरू सुरेश बोहरा र ललित बोहरा फरार छन् । उनीहरु अदालतले तोकेको म्यादभित्र हाजिर हुन आउने सम्भावना कमजोर बनेको छ । अदालतमा हाजिर भए पनि उनीहरूलाई कर्मचारीको भन्दा बढी धरौटी माग गर्ने सम्भावना छ । एजेन्टद्वययलाई जोगाउनका लागि विराटनगरका केही उद्योगी तथा व्यापारी सक्रिय छन् ।

यसरी भयो घटना

सुरेश क्लियरिङ एण्ड फरवार्डिङ  सर्भिस विराटनगरका सञ्चालक  बोहराद्वयले विभिन्न कम्पनीका एकाउण्ट पेयी चेक भन्सारबाट राजश्व उठाउने नेपाल सरकारको बैंक खातामा जम्मा गरेका थिए । खातामा पैसा नभएका ती एकाउण्ट पेयी चेकलाई सदर गरेर बैंक ठगी गरेको आरोपमा मोरङ प्रहरीले वाणिज्य बैंकका प्रबन्धक निरौला र काउण्टर इन्चार्ज राउतलाई गत फागुनको दोस्रो हप्ता पक्राउ गरेको थियो ।

उनीहलाई तत्काल पक्राउ गरिएको भए पनि घटना बाहिरिएलगत्तै बोहरा दाजुभाइ फरार छन् । बैंक कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा ८ वटा एकाउण्ट  पेयी चेक वाउन्स भएर वाणिज्य बैंकमा भेटिएका थिए ।  बैंकका कर्मचारीले एजेन्टबाट रकम नभएको चेक बुझेका कारण बैंकलाई ९ करोड ६१ लाख ५५ हजार बरावरको नोक्सानी भएको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x