१७ असार २०८३, बुधबार

झापा र मोरङमा भएका दुर्घटनामा दुई जनाको मृत्यु, ३ घाइते

बैशाख ७, २०७५
झापा र मोरङमा भएका दुर्घटनामा दुई जनाको मृत्यु, ३ घाइते

विराटनगर,  ७  वैशाख– झापा र मोरङमा बिहीबार साँझ भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । कोशी राममार्गअन्तर्गत विराटनगरको दूधफारम नजिकै को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिँदा विराटनगर ४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको हो । 

कार्कीलाई विराटनगर ४ स्थित दूध फारम अगाडी भ्यानले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते  कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

ठक्कर दिने भ्यान प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी झापाको वुद्धशान्ति गाउँपालिका–७ मा ट्याम्पु दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । 

अन्य तीनजना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत किटेनीमा  इलामबाट झापातर्फ आउँदै गरेको को १ ह ८७५८ नम्बरको ट्याम्पोको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनामा  ट्याम्पोमा सवार वुद्धशान्ति गाउँपालिका–४ की  २० वर्षीया सुनिता लिम्बुको उपचारको क्रममा विर्ता सिटी हस्पिटल विर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

घाइते हुनेमा ट्याम्पुका चालक मोरङ पथरी–३ का सन्त लिम्बु, वुद्धशान्ति गाउँपालिका ४ की ५३ वर्षीय वुद्धिमाया सुब्बा र ४० वर्षीय भिमकुमारी सुब्बा रहेका छन् । घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्