
विराटनगर, १६ वैशाख–गोली प्रहारबाट घाइते भएपछि अस्पताल भर्ना भएका हिन्दु धर्मका गुरु श्रीनिवासाचार्य डिसचार्ज भएका छन् ।
दाहिने छातिको माथिल्लो भागमा गोली लागि गम्भीर घाइते भएका श्रीनिवासाचार्यलाई अस्पताल भर्ना गरिएको थियो । उनी २२ दिन लामो अस्पताल बसाइपछि डिसचार्ज भएका हुन् ।
विराटनगर १४ स्थित जतुवोको श्रीमद्भागवत महापुराणमा सहभागि हुन पुगेका श्रीनिवासाचार्यमाथी गोली प्रहार भएको थियो । न्यूरो अस्पतालमा २२ दिन लामो उपचार पछि फर्किने क्रममा उनले आफ्नो उपचारमा संलग्न चिकित्सकहरुलाई आभार व्यक्त गरे ।
श्रीनिवासाचार्यले सरकारसमक्ष अपराधीलाई पक्राउ गरी कार्वाही गर्न आग्रह गरेका छन् ।
उनले हिन्दु धर्मको प्रचार क्रममा भएको आक्रमणले अबको दिनमा अभियानलाई कसरी लग्ने भन्ने बिषय थप छलफलको बिषय भएको प्रतिक्रिया दिए ।
पत्रकार सम्मेलनमा पुगेका सनातन हिन्दु राष्ट्रिय जागरण अभियान मोरङका अध्यक्ष त्रिलोक रिजालले घटनाबारे सरकार गम्भीर नभएको आरोप लगाए ।
धार्मिक रुपमा ठूलो दुर्घटना गराउन खोजेको देखिन्छ, उनले भने ‘यस्ता बिषयलाई तत्काल नियन्त्रण गर्नुप¥यो ।’
अस्पतालबाट डिस्चार्ज भए लगतै उनी आजै काठमाडौँ तर्फ लागेका छन् ।