×

NMB BANK
NIC ASIA

अस्पतालको शय्यामा सहपाठी डा. उपेन्द्र देवकोटालाई भेट्दा भावुक बने बाबुराम

बैशाख २०, २०७५

NTC
Premier Steels

काठमाडौं, २० वैशाख – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

Muktinath Bank

डा. देवकोटालाई भेट्न बाबुराम बिहीवार अपराह्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए । सहपाठीसमेत रहेका डा. देवकोटासँग भट्टराईले करीब २० मिनेट भलाकुसारी गरेको डा. देवकोटाका एक आफन्तले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाबुराम र उपेन्द्र स्कूले साथी हुन् । गोरखाको लुइटेलस्थित अमरज्योति हाइस्कूलमा अध्ययनरत रहँदा बाबुराम सधैँ प्रथम र उपेन्द्र दोस्रो हुन्थे ।


Advertisment
Nabil box
Kumari

बिहीबारको भेटमा भट्टराईले देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिए । 

Vianet communication

क्लासमेट भए पनि बाबुराम र उपेन्द्रबीच राजनीतिक घोचपेच चलिरहन्छ । गत मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा चुनावमा देवकोटाले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पक्षमा भोट मागेका थिए । 

उपेन्द्रले बाबुरामलाई लक्षित गर्दै कटाक्ष गरेपछि गोरखाको पालुङटारमा आयोजित सभामा बाबुरामले उपेन्द्रप्रति लक्षित गर्दै भनेका थिए, ‘तपाईं नभएको भए म प्रथम हुन सक्दिनथेँ ।’

उपेन्द्रलाई भेट्दा बाबुराम एकछिन भावुक बनेका थिए । ६ महिनासम्म बेलायतमा उपचार गराएर डा.देवकोटालाई शनिवार नेपाल ल्याइएको थियो ।

बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा जाहेर गरेपछि उनलाई नेपाल ल्याइएको थियो ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भेटेर डा. देवकोटाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x