२८ असार २०८३, आइतबार

गायक शिव परियार सवारी दुर्घटनामा परे, अस्पतालमा उपचार हुँदै

गायक शिव परियार सवारी दुर्घटनामा परे, अस्पतालमा उपचार हुँदै

काठमाडौं, १३ जेठ– गायक शिव परियार सवारी दुर्घटनामा परेका छन् ।

सामाखुसी बसुन्धारा क्षेत्रमा परियार अर्का गायक कर्णराज गिरीसहित मोटरसाइकल दुर्घटनामा परेका हुन् । ना ८० प ९९९८ नम्बरको बाइमा सवार परियार र गिरीलाई सोही दिसाबाट आइरहेको बा ७८ प ८५११ नम्बरको एफ जेड बाइकले ठक्कर दिँदा घाइते भएका हुन् । परियारको दाहिने खुट्टामा चोट लागेको छ । 

उनको  ग्रांडी अस्पतालमा उपचारमा भइरहेको छ भने अर्का गायक गिरी सामान्य उपचारपछि घर फर्किएका छन् । 

परियारले एक स्टाटस सार्वजनिक गर्दै आफू खतरामुक्त भएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्