×

NMB BANK
NIC ASIA

घरभित्रै डुबेर बेहोश भएकी एक्ली वृद्धाको रोदन – ‘बाढीबाट प्रहरीले बचायो, अब कसरी बाँच्नु ?’

असार २९, २०७५

NTC
Premier Steels

काठमाडौं – भक्तपुर सिर्जनानगरमा इँट्टा र जस्ताले निर्मित एउटा टहरा छ । सो टहरामा जाने बाटोमा बिहीवारको बाढीले थुपारेको हिलो अझै सुकेको छैन ।

Muktinath Bank

शुक्रवार दिउँसो हामी त्यहाँ पुग्दा ६० वर्षीया सोमती तामाङ टाउकोमा हात राखेर दैलोमा बसिरहेकी थिइन् । घरको ढोकासम्मै अझै बाढीको पानी थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार राति हनुमन्ते खोलामा आएको बाढीले घरभित्रै डुबेकी तामाङलाई सुरक्षाकर्मीले अस्पताल पुर्‍याएका थिए ।


Advertisment
Nabil box
Kumari

‘रातभरि पानी परेपछि सुतेकै थिइनँ, खाटमा बस्दाबस्दै एक्कासि बाढी आएर खाटमै डुबायो । बाहिर निस्किनै सकिनँ । बाँच्दिन जस्तो लाग्यो । म त बेहोस नै भएछु,’ तामाङले त्यो भयानक रात सम्झिँदै लोकान्तरसँग भनिन्, ‘कुन बेला प्रहरी आएर मलाई अस्पताल लगेछन् । बिहान १० बजे होश आउँदा अस्पतालमा रहेछु ।’ 

Vianet communication

होश आएपछि उनी अस्पतालबाट डिस्चार्ज भइन् । अस्पतालबाट फर्किँदा घर डुबानमै थियो । त्यहाँ बस्ने अवस्था नभएपछि छिमेकीको घरमा सहारा लिएर रात गुजारिन् । बिहानै उठेर आफ्नो घरमा आइपुगेकी तामाङ भिजेका ओछ्यान र घरका सामानहरू हेरेर टोलाउँदै थिइन् ।

‘बिहानको खाना छिमेकी दाइले ल्याइदिनुभयो, त्यही खाएँ । घरभित्र पसेको बाढी अझै सुकेको छैन । हिलो छ । चिप्लिन्छ । भिजेका सामान अझै निकाल्न सकेकी छैन,’ यति भन्दै गर्दा उनका आँखा रसाए ।

उनले थपिन्, ‘अब त बुढी भइसकेँ । सास रहुञ्जेल दुःख गर्नैपर्ने रहेछ । कहिलेसम्म यसरी बस्नुपर्ने हो, थाहा छैन,’ उनका गला अवरुद्ध भए ।

लोकान्तरसँग कुराकानी गर्दैगर्दा उनका दुई छिमेकी आइपुगे । उनीहरूकै सहयोगमा डुबेका शिरक डसना बाहिर निकालिन् ।

विगत २२ वर्षदेखि भक्तपुर सिर्जनानगरमा बस्दै आएकी तामाङको स्थायी घर काभ्रे हो । उनका आफ्नै छोराछोरी छैनन् । सौताका एक छोरा छन् ।

श्रीमान २ वर्षअघि बितेपछि तामाङ एक्लै भएकी हुन् । श्रीमान बितेपछि उनलाई सौताका छोराले वास्ता गरेका छैनन् ।

सिर्जनानगरमा अरुको खेतमा अधियाँमा कमाएर गुजारा गर्दै आएकी तामाङ साहुकै जग्गामा टहरा बनाएर बसेकी हुन् ।

‘बाहुनहरूले एक्लो छ, बसोस्, भनेर दया गरेर अलिकति ठाउँ मात्रै दिएका हुन्, मेरो जग्गा होइन यो,’ तामाङले मलिन हुँदै भनिन्, ‘बाहुनहरूकै जग्गामा खेती गरेर बसेको छु । अब त बल पनि छैन । बुढी हुँदै गएँ । बाढीबाट त प्रहरीले बचायो, अब कसरी बाँच्ने हो ! पहिला जसरी काम गर्न पनि सक्दिनँ ।’ 

बल हुँदा साहुको खेती गरेर खाए पनि काम गर्न नसक्ने भएपछि कसरी गुजारा चलाउने भन्ने चिन्ता उनलाई छ । सरकारले कतै बस्ने व्यवस्था गरिदिए हुन्थ्यो भन्ने चाहन्छिन्, उनी ।

बुधबार राति हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको भक्तपुर क्षेत्र अहिले क्रमशः पुरानै अवस्थामा फर्कने क्रममा छ । मानिसहरू आफ्नो घरभित्र पसेको हिलो र फोहोर पानी सफाइ गर्नमा व्यस्त छन् ।

तामाङजस्तै डुबान प्रभावितको जनजीवन अझै सामान्य बन्न सकिरहेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x