२२ असार २०८३, सोमबार

सरकार र डा. केसीबीच कुरा मिलेन, के होला अनशन ?

साउन ९, २०७५
सरकार र डा. केसीबीच कुरा मिलेन,  के होला अनशन ?

काठमाडौं– सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता  विना कुनै निष्कर्ष टुंगिएको छ । 

सरकारले वार्तामा बोलाएर असम्बेदनशीलता देखाएको वार्तामा संलग्न डा. केसीका सहयोगीले बताएका छन् । 

केसीका सहयोगी वरिष्ठ अधिकारी सुरेन्द्र भण्डारीले सरकार सरकार केसीका माग प्रति असम्बेदनशील र गम्भीर नभएका कारण वार्ता असफल भएको बताए । 

उनले भने,‘केसीको माग प्रति सरकार प्रवेश गर्न चाहेन, विभिन्न समयमा वार्तामा बोलाउने र झुक्याउने काम मात्र गर्यो‍ जसका कारण वार्ता असफल भयो ।’

अब उहाँको अनसन कसरी अगाडि बढ्छ भन्ने केसीले निर्णय गर्ने उनले बताए । 

‘हामीले २२ बुँदामा संशोधन दियौं तर आज उहाँहरु यो विषयमा प्रवेश नै गर्नुभएन, उहाँहरु सैद्धान्तिक कुरामा प्रवेश गर्न नै चाहनु भएन’भण्डारीले भने,‘सरकार अलिकति पनि संवेदनशील भएन ।’

सकेसम्म दबाउने, दुईतिहाइ बहुमतको दम्भ देखाउने नागरिकका इस्यु्हरुमा अमर्यादीत रुपमा सरकार पेश भएका कारण वार्ता असफल भएको भण्डारीले बताए । 

तर सरकारी पक्षले भने संसदीमा पुगेको विधयकका बारेमा यही संशोधन गर्नुपर्छ भन्ने गोविन्द केसी पक्षको अडानने वार्तामा कुरा नमिलेको बताए । 

सरकारी टोलीका सदस्य शिक्षा सचिव खगराज बरालले सार्वभौम संसदमा पुगेको विषय संसदीय प्रकृयाबाट अगाडि बढ्नु पर्ने विषयमा यहाँ बसेर निर्णय गर्न नसकिने बताए । 

डा. केसी चिकित्सा क्षेत्रको सुधारको माग राखि २६ दिन देखि अनशनमा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्