२० असार २०८३, शनिबार

२७ दिनपछि तोडियो डा. केसीको अनसन, जुस पिएर अाईसीयूमा भर्ना भए

साउन १०, २०७५
२७ दिनपछि तोडियो डा. केसीको अनसन, जुस पिएर अाईसीयूमा भर्ना भए

काठमाडौं– डाक्टर गोविन्द केसीको २७ दिन लामो अनसन तोडिएको छ ।  केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास  बालुवाटारमा सहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोडेका हुन् ।  केसी र सरकारबीच ९ बुँदे सहमति भएकाे छ । 

केसीलाई सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले जुस ख्वाएर अनशन तोडाएका थिए । 
प्रा डा केसी विभिन्न माग राखी २७ दिनदेखि कर्णाली विज्ञान प्रतिष्ठान जुम्ला र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा अनशनरत थिए । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै १५ औं पटकको अनसनमा रहेका  केसी र सरकारी वार्ता टोलीबीच यसअघि भएको भनिएको ९ बुँदे सहमतिमा पुनः समस्या उत्पन्न भएको थियो ।

 केसीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने बुँदालाई सहमति पत्रमा उल्लेख गर्नुपर्ने अडान लिएका थिए ।   त्यसपछि विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन्  ।

 जुस पिएर अनसन तोडेसँगै उनलाई त्रिवि शिक्षण अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ ।

यसैबीच सत्तारुढ दल नेकपाका  नेता सुवासचन्द्र नेम्वाङले डाक्टर केसीसँग भएको सहमतिलाई व्यवहारका कार्यन्वयन गरिने बताएका छन् । 

डाक्टर केसीले अनसन तोडेसँगै  नेम्वाङले त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग भने, ‘आज भएका सहमति मात्रै होइन हामीले कयैन लिखित /अलिखित प्रतिबद्धताहरुलाई पूरा गर्नु छ, त्यसलाई हामीले  गरेरै छाड्छौं ।’ 
उनले डा केसीले अब फेरि पनि अनसन बस्नुपर्ने अवस्था नआउने पनि प्रतिबद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्