०८ असार २०८३, सोमबार

यस्तो अवस्थामा भेटिएको थियो अपहरित बालक निशानको शव

साउन २१, २०७५
यस्तो अवस्थामा भेटिएको थियो अपहरित बालक निशानको शव

काठमाडौं – काठमाडौंको काँडाघारीबाट अपहरणमा परी हत्या गरिएका बालक निशान खड्काको शव भक्तपुरस्थित एक निर्माणाधीन घरको जगमा भेटिएको छ ।

आइतबार साँझ स्कूलबाट फर्केपछि अपहरणमा परेका ११ वर्षीय बालक खड्काको शव भक्तपुर नगरपालिका– ७ स्थित श्याम लवटको निर्माणाधीन घरको जगमा भेटिएको हो ।

बालक खड्का काँडाघारी खहरेस्थित हाइल्यान्ड स्कूलमा कक्षा ६ मा पढ्थे ।

जग खनेको ठाउँमा हिलाम्मे अवस्थामा शव फेला परेको थियो । आइतबार रातिबाटै वर्षा भएकाले शव पूरै भिजेको र हिलाम्मे थियो ।

खड्काको स्थायी घर सिन्धुपाल्चोक हो । आमा चमेली खड्का काँडाघारीमा चिया पसल चलाउँछिन् । बुवा गणेश खड्का वैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

अपहरणकारीले बालककी आमासँग ४० लाख रुपैयाँ फिरौती रकम समेत माग गरेको बताइएको छ ।

अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो ।

अपहरित बालकको शव भेटिएपछि प्रहरी इन्काउन्टरमा परी दुई अपरहणकारी मारिएका छन् । प्रहरीले अपहरणकारीलाई पछ्याउँदै सूर्यविनायक पुगेपछि दोहोरो मुठभेड भएको थियो ।

त्यस क्रममा अजय तामाङ र गोपाल तामाङ नाम गरेका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्