२२ असार २०८३, सोमबार

कञ्चनपुर प्रहरी प्रमुख बिष्टको जिम्मेवारी खोसियो, 'केही दिन'का लागि एसएसपी चन्दले कमान्ड सम्हाल्ने

भदौ ६, २०७५
कञ्चनपुर प्रहरी प्रमुख बिष्टको जिम्मेवारी खोसियो, 'केही दिन'का लागि एसएसपी चन्दले कमान्ड सम्हाल्ने
तस्बिरमा: जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इन्सर्टमा एसपी बिष्ट । बिष्टको तस्बिर उनकै फेसबुकबाट लिइएको हो ।

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेका कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको छ । 

बलात्कारीलाई सार्वजनिक गरी कारबाही माग गर्दै शुरु भएको आन्दोलन चर्किदै गएपछि गृह मन्त्रालयले कञ्चनपुर प्रहरी प्रमुखलाई केही दिनका लागि जिम्मेवारीबाट मुक्त गरेको हो । 

निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अभियुक्त पक्राउ नपुरुन्जेलसम्मका लागि बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको गृह मन्त्रालयले स्रोतले जनाएको छ । 

निर्मला पन्त हत्या प्रकरणका ‘वास्तविक अभियुक्त’ पक्राउ नपरुन्जेलसम्मका लागि कञ्चनपुर प्रहरीको जिम्मेवारी प्रदेश नम्बर ७ को प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले सम्हाल्ने छन् । 

७ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुरज केसीले एसएसपी चन्दलाई घटनाको अनुसन्धानमा नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्