०२ साउन २०८३, शनिबार

३९ दिनपछि सर्वोच्चमा जोशी, तर तोकिएन पेशी

भदौ २६, २०७५
३९ दिनपछि सर्वोच्चमा जोशी, तर तोकिएन पेशी

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले नेपालको प्रधानन्यायाधीश हुन ‘योग्य नभएको’ भनेर अस्वीकृत गरेपछि घरबिदा लिएर बसेका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी मंगलवार सर्वोच्च अदालतमा हाजिर भएका छन् । 

सोमवार संसदीय सुनुवाइ समितिको अनुमोदनपछि प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्रलाई स्वागत गरेका जोशी मंगलवार नियमित काममा फर्किएका हुन् । जोशी ३९ दिनको बिदा कटाएर मंगलवार सर्वोच्चमा फर्किएका हुन् । 

लोकान्तरसँगको कुराकानीमा जोशीले आफू काममा फर्किएको बताए । तर मंगलवारका लागि उनको पेशी भने तोकिएको छैन । 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले मंगलवार १० वटा इजलाशका लागि पेश तोकेका छन् । जसमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल बाहेक अन्य संयुक्त इजलाश छन् । 

आफ्नो पेशी नतोकिएको विषयबारे लोकान्तरको प्रश्नमा जोशीले इजलाशमा मेच व्यवस्थापन नभएको हुनसक्ने बताए । ‘म आजदेखि हाजिर भएर काममा फर्किएको छु,’ लोकान्तरसँगको टेलिफोन कुराकानीमा जोशीले भने, ‘सायद मेच मिलाउने काम हुन नसकेकाले आज मेरो पेशी नतोकिएको हुन सक्छ । भोलि (बुधवार)देखि पेशी तोकिन्छ ।’

गत साउन १८ गते (शुक्रवार)को संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि जोशी विदामा बसेका थिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्