
काठमाडौं— स्वास्थ्य क्षेत्रमा कृयाशिल आठ जना चिकित्सकहले विभिन्न मानवदवी पाउने भएका छन् ।
संविधान दिवस २०७५को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न व्यक्तिलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नु भएको गृह मन्त्रालयले सूचना मार्फत जनाएको छ ।
कान्ति अस्पतालका निर्देशक डा गणेशकुमार राई, त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक विशेषज्ञ डा.हरिहर वस्ती, मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बास्कोटालाई सुप्रबल जनसेवा श्री दिने घोषणा भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज क्याम्पसका प्रमुख डा प्रताप नारायण प्रसाद, बरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल, आखा विशेषज्ञ डा रामप्रसाद पोखरेल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डा पशुपति चौधरी र त्रिवि शिक्षण अस्पतालकी डा.गीता गुरुङलाई पनि सुप्रबल जनसेवा श्री दिइने भएको छ ।