×

NMB BANK
NIC ASIA

काठमाडौं– अबको १५ वर्षमा नेपालको आर्थिक अवस्था ब्रिटेनको बराबर पुर्‍यानका लागि नेकपाको उदय भएको नेकपाका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले बताएका छन् । ५ वर्षमा नेपालमा गरिबी निवारण गर्ने तथा १० वर्षमा चमत्कारिक रुपमा नेपालले आर्थिक विकास गर्ने र नेपाललाई विकशित देशको दाँजोमा लगिने गौतमको दावी छ । 

Muktinath Bank

भूतपूर्व ब्रिटिश गोरखा सैनिक तथा नागरिक सरोकार समाजले आयोजनको गरेको ‘भूतपूर्व व्रिटिश गोरखा सैनिकको व्रिटिश सैनिकमा देखिएका समस्या, व्रिटिश र गोरखाली सैनिकको तलब, पेन्सन, उपचार खर्च लगाएतका विषयमा माग राख्दै भूर्तपूर्व सैनिकहरु आन्दोलन’को पहिलो चरणको सुरुवात कार्यक्रममा गौतमले यस्तो बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा गौतमले आफूहरुले पहिलेदेखि नै गोरखा सैनिकलाई सहयोग गर्दै आएकोमा हाल देखिएका समस्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र प्ररराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गर्ने बताए ।  भूतपूर्व गोरखा सैनिकको समस्या देशकै समस्या भएको उल्लेख गर्दै गौतमले यसमा आफू गम्भीर भएको बताए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

कानूनविद् प्राध्यापक डाक्टर युवराज संग्रौलाले गोरखा सैनिकको सन्दर्भमा बेलायतले नेपाललाई ठूलो धोका दिएको बताए । 

बेलायतले नेपालका गोरखा सैनिकलाई तेस्रो देशमा पठाएर मानव तस्कर गरेको संग्रौलाले आरोप लगाए । ‘अर्को देशसँग सम्झौता गर्ने,  बीचमा आफू कमिशन खाने । तर ज्यानको बाजी लगाएका सैनिकको शोषण गर्ने ?’ संग्रौलाले प्रश्न गरे । 

आगामी दिनका लागि ब्रिटिस गोरखा सैनिकको भर्ना राकेर हिजोका दिनमा लडेका सैनिक परिवारले पाउनुपर्ने अर्बौं डलर बराबरको क्षति पाउनुपर्ने संग्रौलाको माग छ । 

गोरखा सैनिकका समस्या समाधानको लागि बेलायत र नेपालका विज्ञ र कर्मचारीसहितको उच्चतस्तरीय समिति गठन गरेर छानबिन हुनुपर्ने संग्रौलाले बताए । 

भूतपूर्व ब्रिटिस गोरखा सैनिक एलबी घिसिङले आफूहरुमाथि शोषण भएको उल्लेख गर्दै आफ्नो हकका लागि हदैसम्म जान पनि तयार रहेको बताए । 

यस्तै अर्का भूतपूर्व ब्रिटिस गोरखा सैनिक जुद्ध गुरुङले भूतपूर्व ब्रिटिस गोरखा सैनिकले पनि बेलायती सेनाकै कर्मचारीसरह सेवासुविधा, भत्ता र पेन्सन पाउनुपर्ने माग राख्दै आएको बताए । 

हालसम्म करिब ४ लाख ५० हजार नेपाली ब्रिटिस गोरखा सैनिकमा भर्ति भइसकेका छन् । जसमध्ये करिब १ लाख ५० हजार भूतपूर्व सैनिकहरु विभिन्न लडाईं र युद्धमा सहभागी भएर घाइते जीवन विताइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार ५, २०७८

मेलम्ची बजारभन्दा २ किलोमिटर माथि टिम्बु हल्देमा रहेको हेलम्बु ट्राउट रिसर्च सेन्टरमा सञ्चालक ज्ञानेन्द्र कक्षपति र मेलम्ची नगरपालिका–११ बिसमुरेका नारायण चालिसेसहित १५ जना कामदार ट्राउट माछा ठूलो खोलाबाट सा...

कात्तिक ३, २०८०

ललितपुर महानगरपालिकाको खोकनामा शुक्रवार सिकाली जात्रा मनाइएको छ। जात्रामा विभिन्न बाजागाजासहित नेवारी संस्कृतिमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।  स्थानीय बासिन्दा जगतबहादुर डङ्गोलका अनुस...

असार ५, २०७८

कोरोनाभाइरस (कोभिड १९) को महामारीले देश आक्रान्त छ । कोरोनाको दोस्रो लहर अझै घातक रूपमा फैलिँदा सयौंले ज्यान गुमाएका छन् । हजारौं संक्रमित भएका छन् । बीचमा त अवस्था यस्तो पनि आयो, अस्पतालमा बेड नपाएरै ...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

भदौ २७, २०८०

सुन तस्करी सम्बन्धमा कर्मचारीमाथि धरपकड शुरू गरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले काम ठप्प पारेका छन् । साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका क...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x