×

NMB BANK
NIC ASIA

डा. ओममूर्ति अनिलको सुझाव–वैदेशिक रोजगारीबाट फर्किएपछि मुटु जँचाउनुस्

असोज १३, २०७५

NTC
Premier Steels

काठमाडौं– हेर्दा स्वास्थ्य देखिने २३ वर्षका एक युवा ग्राण्डी अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको उपचार कक्षमा आए । 

Muktinath Bank

हार्टअट्याकको समस्याबाट पीडित ती युवा डा.ओममूर्तिसँग परामर्श तथा उपचारका लागि ग्राण्डी अस्पताल पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही महिना अघि वैदेशीक रोजगारीको लागि करात गएका उनमा आफ्नो परिवारलाई लिएर चिन्ता थियो । 


Advertisment
Nabil box
Kumari

अर्काको देशमा रोजगारीमा रहेका उनको मनमा घरपरिवारको चिन्ता र कामको तनाव थियो । तनाव कम गर्न उनले चुरोट सेवन गरे । अत्याधिक चुरोट सेवनका कारण एकदिन उनलाई अकास्मात हार्टअट्याक भयो  । हार्टअट्याकबाट मुर्छित भएका उनलाई साथीहरुले समयमा अस्पताल पु¥याए र उनी बाँचे । 

Vianet communication

तर  हार्टअट्याक  भएपछि उनी पुरा समय काम गर्न नपाउदै स्वदेश फिर्ता हुनुप¥यो । नेपाल आएपछि उनी डा. ओममूर्तिसँग आफ्नो मुटुको परीक्षण गराइरहेका छन् ।

‘नेपाल आएपछि ती युवा यहाँ आए, मैले एन्जियोग्राफी गरे तर केही समस्या देखिएन, तर उनलाई हार्टअट्याक भएको थियो,’ डा. ओममूर्तिले लोकान्तरसँग भने, ‘धेरै तनाव लिएर स्मोकिङ गर्दा हार्टअट्याक भयो, वैदेशिक रोजगारीबाट बीचमै फर्कनुपर्‍यो, अहिले मसँग नियमित मुटु परीक्षणका लागि आइरहन्छन् ।’

२३ वर्षिय युवाले आफ्नो स्वास्थ्यलाई ख्याल नगरी बढि तनाव लिदा उनको बैदशिक रोजगारीको बाटो नै बन्द भयो । 

यी युवा त प्रतिनिधि पात्र मात्रै हुन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा तनावका कारण मुटुरोगको समस्या बढ्दै गएको डा. ओममूर्तिको भनाइ छ ।

विदेशमा कामको शिलशिलामा गएका धेरै युवाहरु मुटुसम्बन्धी समस्याका कारण बीचमै स्वदेश फर्किनु परेको घटना धेरै भएको उनी बताउँछन् ।

‘वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीको स्वास्थ्य संकटमा रहेको हामीले महशुस गरेका छौं,’ डा. ओममूर्तिले लोकान्तरसँग भने, ‘हेल्थचेकअप नहुँदा तनावका कारण स्मोकिङ, अल्कोहल सेवन गर्ने कारणले हार्टअट्याक भएर बीचमै स्वदेश फर्किनुपरेको छ ।’ 

विदेशमा रहने नेपालीको मुटु यसकारण जोखिममा छ :
तनावपूर्ण वातावरणमा काम गर्नुपर्दा 
अत्याधिक चुरोट रक्सी सेवन गर्दा
शारीरिक व्यायम गर्न नपाउँदा
आफ्नो अनुकुलतामा सन्तुलित भोजन खान नपाउँदा

परिवारसँगको विछोडमा परदेशमा रहेका नेपालीले तनावपूर्ण वातावरणमा काम गर्नुपर्दा उनीहरुमा मुटु रोगको जोखिम उच्च रहेको छ । 

डा. अनिलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मुटु स्वास्थ्य राख्नका लागि समय मिलाएर दैनिक एक वा आधा घण्टा हिड्न, रक्सी र धुम्रपान टाढा रहन सुझाव दिएका छन् । उनले विदेशमा गएर दुःख पाउनुभन्दा नेपालमै रहँदा राम्रोसँग स्वास्थ्य परीक्षण गराउन र छुट्टिको समयमा नेपाल आउँदा एकपटक स्वास्थ्य जाँच गराएर मात्रै विदेश जान सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x