×

NMB BANK
NIC ASIA

२० प्रतिशत विकास बजेट रोजगारी सिर्जनामा खर्चिने तयारी, एक लाखभन्दा बढीलाई रोजगारी !

असोज १४, २०७५

NTC
Premier Steels

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विकास बजेटको २० प्रतिशत रकम युवा रोजगारका लागि खर्च गरिने बताएका छन् ।

Muktinath Bank

प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले विकास बजेटको कम्तिमा २० प्रतिशत रकम रोजगार कार्यक्रममा परिचालन गर्ने गरी तयारी भइरहेको बताए । त्यसका लागि मन्त्रालयले ड्राफ्ट निर्माण गरिरहेको र छिट्टै त्यसलाई मन्त्री परिषद्मा लैजाने तयारी भइरहेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विकास बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रूपमा रोजगारी सृजनामा खर्च गर्नेगरी हामीले व्यवस्थित तरिकाले प्रस्ताव मन्त्रिपरिषद्मा लगेर, पारित गराएर, विकास निर्माणमा लाग्ने ठूलो हिस्सामा रोजगारी सृजनाका लागि तयारी गरेका छौं,’ मन्त्री विष्टले भने ।


Advertisment
Nabil box
Kumari

यसका लागि गम्भीरताका साथ अध्ययन भइरहेको उनले बताए । नेपालमा अहिले सबैभन्दा ठूलो चुनौती गरीबी र बेरोजगारी रहेको भन्दै मन्त्री विष्टले एक वर्षभित्रमा एक लाखभन्दा बढी बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी प्रदान गरिने बताए । 

Vianet communication

‘प्रधानमन्त्री रोजगार कार्यक्रम सबै युवाले साझा र गौरव महसुस गर्नेगरी सञ्चालन गर्ने तयारीमा लागेका छौं,’ मन्त्री विष्टले भने, ‘हाम्रो प्राथमिकता नेपालका जनशक्तिलाई देशभित्रै रोजगारी सृजना गर्ने हो । श्रमलाई सम्मान गर्ने अभियानका साथ हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउछौं र काममार्फत् बेरोजगारीले निराश बनेका युवामा आशा जगाउनेछौं ।’

कार्यक्रममा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले प्रधानमन्त्री रोजगार कार्यक्रमको विषयमा जानकारी दिँदै ९० प्रतिशत बेरोजगार युवालाई निजी क्षेत्र र १० प्रतिशतलाई सामाजिक कार्यमा रोजगारीको अवसर सृजना गरिने बताए । युवाहरू विदेशमा जस्तो काम गर्न पनि तयार हुने तर नेपालमा भने श्रममा विभेद रहेको भन्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रममले श्रम र श्रमिकको सम्मानलाई उच्च प्राथमिकतामा राखेको बताए ।

अन्तरक्रियामा विभिन्न दलका युवा संगठनमा आवद्ध युवा नेताले प्रधानमन्त्री रोजगार कार्यक्रम स्वागतयोग्य भएको बताए । उनीहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम युवासँग प्रत्यक्ष जोडिएको कार्यक्रम भएकाले महत्त्वपूर्ण भएको धारणा राखे । युवाको अभिरुचि र बजारको मागका आधारमा कार्यक्रममार्फत् रोजगारीको अवसर सृजना गर्न उनीहरूको सुझाव छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x