२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, खाना खाएर आराम गर्दै

कात्तिक १२, २०७५
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, खाना खाएर आराम गर्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको चिकित्सकले बताएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारत प्रधानमन्त्री ओलीको स्वास्थ्मा सुधार आएको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. उत्तम कृष्ण श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले दिउँसो घरबाटै ल्याइएको खाना खाएर अस्पतालमा आराम गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सोमबार एक्सरे, मुटुको इसीजी, इको, रगतको जाँच, चिनीको मात्रा र क्रियाटिनको लेवल परीक्षण गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपनि केही दिन अझै अस्पतालमै राखिने प्रा.डा. श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यान दिँदै संक्रमण बढ्न नदिन अस्पतालले प्रधानमन्त्रीसँगको भेटमा रोक लगाएको छ । 

प्रधानमन्त्री ओलीको डा. अरुण सायमी नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्