×

NMB BANK
NIC ASIA

सन्दर्भ–स्वयंसेविका दिवस

पतिसँग पैसा मागेर गर्भवतीलाई अस्पताल पुर्‍याउने स्वयंसेविका, भन्छिन्–समाजको सम्मान र माया नै कमाइ

मंसिर १९, २०७५

NTC
Premier Steels

काठमाडौं–सितापाइलाकी ४८ वर्षीया मन खत्रीले स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गरेको १५ वर्ष भयो ।

Muktinath Bank

वि.सं. २०५५ सालमा सितापाइला स्वास्थ्यचौकीबाट स्वास्थ्य स्वयंसेविका बनेकी खत्रीले नागर्जुन नगरपालिका वडा नम्बर ५ का घरघरमा स्वास्थ्यका विषयमा जनचेतना र परार्मश दिर्दै आएकी छिन् ।  उनी आफ्नो वडाका महिलाहरुलाई गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराहरु, नवजात शिशूको स्वास्थ्यस्यहार, जाउलो बनाउने तरिका लगाएका विषयमा ज्ञान र तालिम समेत दिन्छिन् । गाउँमा महिला र अन्य व्यक्तिहरुले खत्रीको सेवालाई सम्मान गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजको माया र सम्मानले आफूले टोलका आमाहरुको स्वास्थ्य सुरक्षाका लागि सेवा गरिरहेको खत्री बताउँछिन् ।


Advertisment
Nabil box
Kumari

‘वडामा मलाई साह्रै माया गर्नुहुन्छ, टोलमा रहेका दिदीबहिनीलाई स्वास्थ्यको विषयमा जनचेतना दिएर हिँड्न पाउँदा खुसी छु,’ खत्रीले लोकान्तरसँग भनिन्, ‘हिड्न सकुनजेल स्वयंसेविका भएरै सबैको सवा गर्ने चाहना छ ।’ 
खत्री दिनरात नभनी खटिएर टोलमा बिरामी परेकालाई परामर्श र उपचारलागि स्वास्थ्यसंस्थासम्म लैजान सहयोग समेत गर्छिन् । 

Vianet communication

यसरी बनेकी थिइन् स्वास्थ्य स्वयंसेविका

खत्री सितापाइलामा नेपाल परिवार नियोजन संघमा कार्यरत थिइन् । उक्त संस्थाले सुई लगाउने तालिम नभएकाले खत्रीलाई ३ वर्षपछि कर्मचारीको रुपमा राखेन । घरम बसिरहेकी खत्रीलाई भने स्वास्थ्य क्षेत्रमा नै काम गर्ने रहर थियो । वि.संं. २०५५ सालमा सितापइलाको ८ नम्बर वडाकी स्वास्थ्य स्वयंसेविकाले विहे गरेपछि त्यहा स्वयंसेविकाको ठाउँ खाली भयो । 

तलब नपाउँने तर गाउँगाउँमा डुल्नुपर्ने स्वास्थ्य स्वयंसेविकाको सेवामा कसैले पनि सेवा गर्न चाहेनन् । 

त्यसपछि सितापाइला हेल्थ पोष्टका एकजना महिला अहेबले खत्रीलाई नै स्वास्थ्यचौकीको स्वयंसेविका बन्न प्रस्ताव गरिन् । खत्रीको चाहना पनि स्वास्थ्यसेवा गर्ने नै थियो, उनले सो प्रस्तावलाई सहजै स्वीकार गरिन् । 
उनको कामलाई पतिले पनि साथ दिए । तर परिवारका अन्य सदस्यले भने डाक्टर बनेर गाउँ डुलेर हिड्ने भइ भन्दै कुरा समेत काट्ने गरेको विगत खत्रीले सुनाइन् ।

‘श्रीमान्ले त  सेवा गर्नु राम्रो काम हो, भनेर सहयोग नै गर्नुहुन्थ्यो, सासु आमाले भने शुरुशुरुमा त डाक्टर बन्ने भइ, लखर लखर डुलेर हिड्छे भन्दै होच्याउनुहुन्थ्यो,’ खत्रीले भनिन्, ‘मैले श्रीमान्को सपोटमा सेवा गर्दै गए, गाउँ समाजले सम्मान र माया गर्न थालेपछि परिवारले पनि राम्रो भन्न थाले ।’

१५ वर्ष स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दै आएकी खत्रीको स्वयंसेविका भएर सेवा गर्दाको रमाइला र दुःखद् अनुभवहरु अनगिन्ती छन् । उनले घरमै सुत्केरी भएका शिशूको स्याहार गरेर  धेरे आमा तथा शिशूको ज्यान बचाँएकी छन् । आफुले गरेको सेवाले खुसी मिल्ने गरेको उनको अनुभव छ ।

नवजात शिशुको ज्यान बचाउँदा...

एकपटक म धाराबाट पानी लिएर घर जाँदै थिए । एकजना गर्भवतीले घरमै बच्चा जन्माइछन् । बच्चा जन्मिएपनि कुनै प्रतिक्रिा जनाएन छ । मलाई पानी बोकेर गइरहकै ठाउँमा लिन आए । म हतार हतार पानी राखेर उनको घरतिर गए । त्यहाँ पुग्दा बच्चा रोएन भनेर, नाङ्गैउल्टो पारेर पिठुयुमा पिट्दै गरेका थिए । बच्चाको पिठ्यु नै रातो भइसकेको थियो । नाङ्गै राख्दा चिसोले सिताङ भइसकेको रहेछ । मैले नरम कपडाले  शिशूको शरीर छोपिदिए  र आफ्नो मुखले उसको मुखमा फुकेर स्वासप्रस्वास गराए । त्यसपछि बच्चा रोयो । बच्चासँगै उसकी आमा पनि खुसी हुँदै रोइन् । अलिहे ऊ १२ कक्षामा पढ्दै छ । उसलाई देख्दा आफ्नो पेसाप्रति गर्भ लाग्छ । त्यो खुसी मैले अन्य काम गरेर कमाउँदिन थिए । 

‘गर्भवती र बिरामीलाई पतिसँग पैसा मागेर अस्पताल लगे’

खत्रीले स्वास्थ्य स्वयंसेविकाको रुपमा सेवा गर्दा गोष्ठीहरुमा एक सय रुपैंया पाउँथिन् । उनको आर्थिक आम्दानी भनेकै गोष्ठीमा पाँने भत्ता मात्रै थियो । तर त्यही भत्ताको रकम पनि गरीब र दुःखमा परेका सुत्केरी र बिरामीलाई अस्पताल लैजादा नै खर्च हुन्थ्यो । 

पैसा नभएर अस्पताल जान नसकेका धेरै बिरामीलाई पतिसँगै पैसा मागेर समेत उपचार गर्न लगेको उनले सुनाइन् ।

‘गोष्ठीहरु हुँदा एकसय रुपैंया दिन्थ्यो, टोलमा राम्रोसँग खान,लाउन नपाएका गर्भवतीहरु हुन्थे, उनीहरुसँग अस्पताल जाने पैसा पनि हुँदैन थियो,’ खत्रीले विगत सम्झिन्, ‘कतिपटक त श्रीमान् सँग समेत पैसा मागेर उनीहरुलाई अस्पताल लगेको छु ।’

खत्रीले अहिले गोष्ठीमा जाँदा ४ सय रुपैंया पाउँछिन् । उसको आर्थिक आम्दानि गोष्ठी र कार्यक्रममा पाउने भत्ता मात्रै हो । तर सेवा गरेबापत समाजले दिने सम्मान र मायालाई नै खत्रीले आफ्नो अमूल्य कमाई सम्झिएकी छन् । 

उनले भनिन्, ‘मेरो कमाइ नै समाजको सम्मान र माया हो,  शरीरले साथ दिएसम्म स्वयंसेवा गर्ने चाहना छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x