×

NMB BANK
NIC ASIA

सुल्झियो स्वास्थ्य मन्त्रालयका दुई सचिवको तनाव, डा. चौधरीलाई चाहेकै जिम्मेवारी

पुस ९, २०७५

NTC
Premier Steels

काठमाडौं – दुईजना सचिव भएपछि स्वास्थ्य मन्त्रालयमा देखिएको तनाव सोमवारबाट व्यवस्थापन भएको छ ।

Muktinath Bank

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य तथा सचिव केदारबहादुर अधिकारीलाई जनसंख्या र प्रशासनतर्फको जिम्मेवारी दिँदै काम बाँडफाँड गरिदिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. चौधरी अदालतको आदेशबाट पुनर्बहाली भएकी हुन् भने अधिकारीलाई सरकारले नै स्वास्थ्य मन्त्रालयमा खटाएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरिदिएपछि डा. चौधरी अदालत ढोका ढक्ढक्याउन पुगेकी थिइन् ।

Vianet communication

जिम्मेवारी बाँडफाँड भएपछि चौधरीले पुरानै कार्यकक्षमा बसेर काम थालेकी छन् । उक्त कार्यकक्षमा आइतवारसम्म सचिव अधिकारी बसेका थिए । कार्यकक्ष बाहिर अधिकारीकै नाम भएपनि शुक्रवार भने सचिव चौधरी केही घण्टा सो कार्यकक्षमा बसेकी थिइन् ।

आइतवार सचिव चौधरी र मन्त्री यादवबीच केहीबेर गोप्य कुराकानी भएको थियो । सो कुराकानीपश्चात् चौधरीले आफूले चाहेको जिम्मेवारी र कार्यकक्ष पाएकी हुन् ।

सचिव अधिकारीलाई भने मन्त्री यादवका सल्लाहकार केके राईको कार्यकक्षमा सारिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x