२१ असार २०८३, आइतबार

कविता: विद्यार्थी, राजनीति अनि पेशा

पुस १३, २०७५
कविता:  विद्यार्थी, राजनीति अनि पेशा
  • किरण देउजा

दूरदराजबाट उच्च शिक्षा हालिस गर्न राजधानी छिर्छ 
सुरुवाती समयमा
नियमित कलेज जान्छ
र, पढ्छ समेत।

बिस्तारै काठमाडौको वातावरणमा घुलमिल हुन्छ। 
कलेज बंक सुरु
राजनीति सुरु
नेतागिरी सुरु
गुण्डागर्दी सुरु
फर्जी काम सुरु

किताब कपी कोठाको कुनै कुनामा हुन्छ 
साथमा चै
विभिन्न संगठनका चन्दा रसिद र लेटर प्याड
अनि हातहतियार ।

जीवनस्तरमा पुरै परिवर्तन 
स्मार्ट फोन
पोस्टपेड नं 
मोटरबाईक
ब्रान्डेड पहिरन 
दरबार मार्ग/ठमेलमा लञ्च/डिनर।

कोठा बाट फ्ल्याट 
बेल्जियम कार्पेट
महँगो सोफासेट
एलइडी टिभी ।

र, 
उसको पेशा/ब्यवसाय
फलानो विद्यार्थी संगठनको, 
फलानो कमिटी/समितीको फलानो पद ।

पढाइ गोलमाल
फर्जी परिक्षार्थी खोजेर 
सेटिङ मिलाउदै, बल्लतल्ल पास सम्म ।

सैद्धान्तिक ज्ञान शून्य
भाषण गर्न आउदैन्
बरु खुकुरी, बन्दुक चलाउन आदि आउँछ।

मुख्य नेताको नजरमा 
उ नै नेता हुन योग्य हुन्छ।
मुख्य नेताहरूको लागि 
हरेक चिजको ब्यवस्था गरिदिन्छ।

र, 
उ नै विद्यार्थी आन्दोलनको पहरेदार हुन्छ।

२०७५/०९/१३ 
कोटेश्वर, काठमाडौ ।

salt training

कमेन्ट गर्नुहोस्