मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं – आगोले पोलेर कीर्तिपुर अस्पतालमा उपचारत ८ महिने गर्भवती कान्ती पासवाङको मृत्यु भएको छ ।
पासवाङको बुधवार बिहान साढे ७ बजे मृत्यु भएको उनका पति प्रमोद पासवाङले बताए ।
बाराको कलैया घर भएकी २५ वर्षीया पासवाङको खाना बनाउने क्रममा शरीरको आधा भाग जलेको थियो । कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १२ नम्बर शय्यामा उपचारत पासवाङको छालाको संक्रमण शरीरका अन्य अंगमा फैलिएर मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतले लोकान्तरलाई बताए ।
उनले भने, ‘शरीर छाला जलेको भएको इन्फेन्सनले अरु अंगहरू छाती, मुटु र किड्नीमा पनि फैलिएर उहाँको मृत्यु भयो ।’
पासवाङको पेटदेखि खुट्टासम्मको भाग र दुवै हातका नाडीमा आगोले पोलेको घाउ थियो । पासवाङसँगै उनको गर्भमा रहेको ८ महिनाको शिशुको पनि गर्भमै मृत्यु भएको छ ।
पासवाङको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लैजाने तयारी भएको र पोस्टमार्टमपछि बारा नै लगेर उनको अन्तिम दाहसंस्कार गरिने उनका पति प्रमोदले बताए ।
पढ्नुस् यो पनि -
आगोमा जलेर अस्पतालमा छट्पटाउँदै ८ महिनाकी गर्भवती, छाला खोज्न सकस
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...