×

NMB BANK
NIC ASIA

देशभर ‘सुपर मार्केट’ खोल्ने तयारीमा सरकार, निजी सिण्डीकेट अन्त्य गरिने

माघ ९, २०७५

NTC
Premier Steels

काठमाडौं – निजी व्यवसायीको सिण्डीकेट अन्त्य गर्नका लागि सरकारले ‘सुपर मार्केट’ सञ्चालनमा ल्याउने भएको छ ।

Muktinath Bank

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाँभेर बनाइने आपूर्ति कम्पनी मातहत सरकारले सुपरमार्केट सञ्चालनमा ल्याउने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा यससम्बन्धी प्रस्ताव पेश गरिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

अब बस्ने मन्त्रिपरिषदको बैठकले सुपरमार्केट सञ्चालनमा ल्याउनेबारे टुंगो लगाउने छ । यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले सुपरमार्केट सञ्चालनमा ल्याउनका लागि अध्ययन गर्न गत साउन ७ गते ‘पूर्वतयारी समिति’ गठन गरेका थिए ।

Vianet communication

मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले आवश्यक अध्ययन गरेर मन्त्रालयमा यसअघि नै प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनका आधारमा सुपरमार्केट स्थापनाका लागि मन्त्री यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पेश गरेका स्रोतले जनाएको छ ।

पूर्वतयारी समितिका संयोजक समेत रहेका मन्त्रालयका सहसचिव नवराज ढकालले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको हुन सक्ने बताए । ‘मन्त्रालयबाट हुने सम्पूर्ण प्रक्रिया सकिएको थियो,’ उनले भने, ‘मन्त्रिपरिषद्मा पेश गर्न बाँकी थियो । माथि मन्त्रीस्तरको कुरा हामीलाई थाहा हुँदैन । प्रस्ताव पेश गरिएको हुन पनि सक्छ, ।’

गत साउन २५ गतेको मन्त्रिपरिषद् बैठकलेसरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर ‘राष्ट्रिय आपूर्ति कम्पनी’ स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । कम्पनी मातहत सुपरमार्केट सञ्चालन गर्न अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रतिवेदनका आधारमा केही कानूनी र प्राविधिक विषयको टुंगो लगाउने स्रोतको भनाई छ ।

के छ प्रतिवेदनमा ?

समितिको प्रतिवेदनमा नेपाल खाद्य संस्थानलाई आपूर्ति कम्पनीमा रुपान्तरण गर्नका लागि खाद्य संस्थान सञ्चालक समितिले मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गर्न सुझाव दिइएको छ ।

संस्थान ऐन २०२१ अनुसार गठन भएको खाद्य संस्थानलाई कम्पनी ऐन २०६३ को दफा १७३ अनुसार कम्पनीमा रुपान्तरण गर्नुपर्ने र त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रक्रिया अगाडी बढाउँदा खाद्य संस्थानले आफ्नो नाम राष्ट्रिय आपूर्ति कम्पनी लिमिटेड रहने गरी प्रस्ताव गर्नुपर्ने र यसो गर्दा नेपाल खाद्य संस्थानको सम्पूर्ण शेयर, सम्पत्ति र दायित्व नयाँ नामाकरण गरिएको ‘राष्ट्रिय आपूर्ति कम्पनी’को नाममा कायम रहने गरी रुपान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आपूर्ति कम्पनीमा रुपान्तरण भइसकेपछि तत्कालीन नेसनल ट्रेडिङ कम्पनीको सम्पत्ति तथा दायित्व पनि यसै कम्पनीमा गाँभ्ने प्रक्रिया अपनाउन सकिने समितिको सुझाव छ । 

नेसनल ट्रेडिङलाई सरकारले गत माघमा नै खारेज गरिसकेको छ । प्रतिवेदनमा राष्ट्रिय आपूर्ति कम्पनीको शेयर पूँजी कायम गर्दा दुवै संस्थानमा नेपाल सरकारले गरेको लगानीलाई मुख्य आधार मान्नुपर्ने समेत सुझाव दिइएको छ ।

होला त सिण्डीकेटको अन्त्य ?

आपूर्ति कम्पनी सञ्चालनमा आएपछि निजी क्षेत्रबाट हुने गरेका सिण्डीकेटको अन्त्य हुने अपेक्षा सरकारी अधिकारीले लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ढकालले आपूर्ति कम्पनीले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी भूमिका खेल्नुपर्ने बताए ।

‘कम्तिमा भाटभटेनीजस्तो सेवासुविधा उपलब्ध गराउन सक्नुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता पनि हो,’ उनले भने, ‘सञ्चालनमा आएपछि मुलुकभर अत्यावश्यक वस्तु तथा सेवामा रहेका सिण्डीकेटको अन्त्य हुने अपेक्षा छ ।’

चालू आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउन राष्ट्रिय आपूर्ति कम्पनी बनाउने घोषणा गरेका थिए । उनले वस्तु तथा सेवाको एकाधिकार र मूल्यमा हुने गरेको मिलेमतोको अन्त्य गर्न नेसनल ट्रेडिङलाई नेपाल खाद्य संस्थानमा गाँभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाइने घोषणा गरेका थिए ।

‘आपूर्ति प्रणालीलाई प्रतिस्पर्धी बनाउनुका साथै वस्तु तथा सेवाको एकाधिकार र मूल्य मिलेमतोको अन्त्य गरिने छ,’ बजेट वक्तव्यमा भनिएको छ ।

चालू आर्थिक वर्ष २०७४÷०७५ को बजेट वक्तव्यको बुँदा नम्बर १११ मा खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई आपसमा गाँभेर आपूर्ति कम्पनी बनाइने नीतिगत व्यवस्था नै गरिएको छ ।

पूर्वतयारी समितिको प्रतिवेदनमा कम्पनी ऐन २०६३ अनुसार राष्ट्रिय आपूर्ति कम्पनी गठन गरिने र कम्पनी स्वतन्त्र व्यावसायिक र सेवामुखी संस्था हुने उल्लेख छ ।

‘आधारभूत आवश्यकताका वस्तु तथा सेवाको सस्तो र सुलभ रुपले मुलुकभर नै उपलब्ध गराउने यसको उद्देश्य हो,’ प्रतिवेदनमा लेखिएको छ । मुलुकका विकट र खाद्यान्न अभाव भएका ठाउँमा आपूर्तिको व्यवस्था गरी सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउने कम्पनीको दायित्व हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रादेशिक संरचना

आपूर्ति कम्पनीको संरचना मुलुकभर प्रादेशिक र स्थानीय तह अनुसार हुने बताइएको छ । केन्द्र सरकारको मातहतमा रहने गरी कम्पनीले प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने पूर्वतयारी समितिको प्रतिवेदनमा उल्लेख छ । शाखा कार्यालय एवं बिक्री डिपोको स्थापना गरी सञ्चालन गर्नुपर्ने प्रतिवेदनले औल्याएको छ ।

नेपाल खाद्य संस्थानका मुलुकभर रहेका अञ्चल कार्यालय, शाखा कार्यालय र बिक्री डिपोलाई आपूर्ति कम्पनीको कार्यालयको रुपमा रुपान्तरण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । नेसनल ट्रेडिङ लिमिटेडको व्यावसायिक क्रियाकलाप बन्द भएकाले त्यसको स्वामित्वमा रहेका कार्यालय एवं गोदाम पनि आपूर्ति कम्पनीको स्वामित्वमा रुपान्तरण गर्न सकिने जनाइएको छ ।

कर्मचारी व्यवस्थापनका लागि हाल रहेका खाद्य संस्थानका कर्मचारीलाई नै उपयोग गर्न उत्तम रहने देखिएको छ । ‘नेसनल ट्रेडिङका कर्मचारीलाई अवकाश दिइसकेको अवस्थामा आपूर्ति कम्पनीमा आवश्यक जनशक्तिको तत्काल व्यवस्था गर्न नेपाल खाद्य संस्थानमा कार्यरत कर्मचारीको उपयोग गर्नुपर्छ,’ समितिको प्रतिवेदनमा लेखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x