२१ असार २०८३, आइतबार

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप

माघ १६, २०७५
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप

पोखरा - पश्चिमाञ्चलको ठूलो पृथ्वीनारायण क्याम्पसमा प्रहरी र नेपाल विद्यार्थी संघका कार्यकर्ता बीच झडप भएको छ । सरकार बिरुद्ध देशब्यापी बिरोध गर्ने नेपाल बिद्यार्थी संघ केद्रको निर्णय अनुसार बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप गरेको बिद्यार्थीले बताएका छन् ।  

प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगामुढा गरेका थिए । प्रहरीले चाहीँ अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा परि नेविसंघका ४ जना घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीले बिद्यार्थीको कार्यक्रममा प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै  प्रतिकार नगरेको बताए । संघले मसाल जुलुस निकालेपछि क्याम्पस बाहिर सडकमा कोणसभा गरेको थियो।  
 

salt training

कमेन्ट गर्नुहोस्