×

NMB BANK
NIC ASIA

प्रदेश १ को तेस्रो अधिवेशन शुरू : तोकिएला प्रदेशको नाम र राजधानी ?

माघ २०, २०७५

NTC
Premier Steels

विराटनगर -प्रदेश १ को तेस्रो अधिवेशन शुरू भएको छ । प्रदेश प्रमुख डा. गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेस्रो अधिवेशनब शुरू भएको घोषणा गरेका छन् ।

Muktinath Bank

सभामुख भण्डारीले तेस्रो अधिवेशन प्रदेश १ कै लागि परिणाममुखी हुनेमा विश्वास व्यक्त गरेसँगै शुरू भएको अधिवेशन पहिलो बैठकमा ५ जनाले आफ्नो धारणा राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रो अधिवेशनको पहिलो बैठक भएकोले पनि सदनमा दलगत रूपमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई बोल्न दिईएको थियो । सदनमा बोल्ने क्रममा सबै दलका नेताहरुले यसै अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् ।


Advertisment
Nabil box
Kumari

मधेशवादीको राजधानी चिन्ता

Vianet communication

संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले विगत २ अधिवेशनमा गर्न नसकेको काम यस अधिवेशनले पुरा गर्नेमा आशा व्यक्त गरे । उनले सबै जनताको ध्यान प्रदेशको स्थायी राजधानी र नाममा केन्द्रित रहेकोले यस विषयलाई नटुङ्ग्याउँदासम्म कामै नदेखिने बताए । २० वर्षमा हुन नसकेको काम पछिल्ला डेढ वर्षमा भएको स्मरण गराउँदै प्रदेश सरकारले पनि अब गति लिनु पर्नेमा जोड दिए ।

संसदीय समितिको सभापति तथा प्रदेश सरकारको बिस्तारको कामलाई पनि प्रदेश सरकारले ध्यान दिनु पर्ने भन्दै प्रदेश सरकारले एक वर्षको बीचमा गरेको काम बुलेटिनको रुपमा ल्याएर जनतासम्म लैजान यादवले सुझाव दिए ।

प्रतिपक्षको पुरानै एजेण्डा

प्रदेश १ सभालाई सम्बोधन गर्दै प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइरालाले पुरानै एजेण्डालाई दोहोर्याएका छन् । उनले सरकारको गतिबिधि गन्तव्यहीन रहेको, डा. केसीको माग सम्बोधन नगरेको तथा निर्मला पन्तको हत्यारालाई कानूनी दायरामा ल्याउन नसकेको आरोप लगाए । कोईरालाले प्रतिपक्षलाई अप्ठेरो परेको बेला मात्र सम्झिने अन्यथा वेवास्ता गरेको आरोप लगाए ।

उनले योजना आयोग गठनमा समेत कुनै छलफल नै नगरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको सदनमा सुनाए । कोइरालाले प्रदेश १ मा विषयका विज्ञ नभएको जस्तो गरी एउटा मानव अधिकारकर्मीलाई ल्याएर योजना आयोगको उपाध्यक्ष बनाईएकोमा असन्तुष्टी जनाए ।

साना दलको अनावश्यक रडाको

संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चकी एक मात्र सांसद विष्णुमायाँ तुम्बाहाम्फेले प्रदेश १ को नाम राख्ने बारेमा जातजाति भाषाभाषी तथा सबै जनतालाई समेट्न आग्रह गरिन् । उनले लिम्बुवान किराँत खम्बुवानको बिषयलाई वेवास्ता गरिए परिणाम राम्रो नआउने चेतावनी दिईन् । दुई तिहाईको दम्भले जनताको मागलाई वेवास्ता गरिए त्यसबाट आउने परिणामको भागी प्रदेश सरकार हुने दावी गरिन् ।

त्यस्तै राप्रपाकी सांसद ईन्दीरा राईले एक बर्षको जिम्मेवारी ग्रहण गर्दैगर्दा अहिलेसम्म भएका उपलब्धिलाई हेर्नुपर्ने बताईन् । उनले एक बर्षको अबधिमा कुनैपनि काम हुन नसकेको अझै देश अनिश्चितता तर्फ अगाडि बढेकोमा चिन्ता ब्यक्त गरिन् ।

अप्ठेरोका बीच काम गर्दैछौ :सत्तापक्ष

सरकारले गरेको काममा प्रतिपक्षले बिरोध जनाई रहँदा सत्तापक्ष संसदीय दलका उपनेता टंक आङ्बुहाङले सरकारको बचाउ गरेका छन् । मुख्यमन्त्री अनुपस्थित पहिलो संसद बैठकमा सत्तापक्षको तर्फबाट उपनेताको हैसियतमा आङ्बुहाङलाई बोल्न दिईएको थियो ।

उनले सरकारले कामै गरेन भन्दा पनि नौलो अभ्यासका कारण केही असजिलाका बिचमा प्रदेश सरकार रहेकोले काम नदेखिएको स्पष्ट पारे । अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षबीचमा साझा सहमतिकै रुपमा काम भईरहेकोले आगामी दिनमा पनि सोही अनुसार नै सहमतिको आधारमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

उनले यो अधिवेशनबाट धेरै बिधेयक पास गर्ने, प्रदेशको नाम र राजधानीको बिषय टुङ्गोमा पुर्याउने बिषय महत्वपुर्ण निर्णय हुनेमा विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x