०५ साउन २०८३, मंगलबार

को हुन् संसद् भवनअगाडि दिउँसै ढलेका युवक, 'शिवरात्रिको प्रसाद'को कमाल कि गम्भीर बिरामी ?

फागुन २०, २०७५
को हुन् संसद् भवनअगाडि दिउँसै ढलेका युवक, 'शिवरात्रिको प्रसाद'को कमाल कि गम्भीर बिरामी ?

काठमाडौं -महाशिवरात्रिको दिन सोमवार अपराह्न साढे ४ बजे बानेश्वर चोकमा बेवारिसे अवस्थामा ढलिरहेका एक युवक फेला परे ।

बानेश्वरबाट संसद् भवनतर्फ बीच सडकमा उनी बेहोस् अवस्थामा ढलेका थिए । सडकमा रोपिएको धूपीको बिरुवाको एउटा हाँगो समेत लछारेर पल्टिएका ती युवकलाई देख्दा पैदल यात्रुहरू अचम्म मानेर हेर्दै थिए ।

प्रहरी आइपुगेको थिएन । गएर छुने हिम्मत कसैले गरेनन् । केहीले उभिएर हेरिरहे भने, केही हेर्दै जाँदै गरिरहेका थिए ।

यो क्रम ५ मिनेटभन्दा बढी समयसम्म चल्यो । त्यसपछि आइपुगेको प्रहरीले उनलाई पल्टाएर हेर्‍यो । प्रत्यक्षदर्शीले पनि प्रहरीलाई सघाए ।

उनलाई के भएको हो भन्ने पत्ता लाग्न सकेन । प्रहरीले उठाएर सिभिल अस्पताल पठायो । उनको पहिचान अझै खुलेको छैन ।

ती युवकको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

शिवरात्रिको दिन गाँजा, भाङधतुरो खाएको हो या अन्य कुनै बिमारीले ढलेको भन्ने पत्ता लाग्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्