मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
चैत २, २०७५
काठमाडौं – प्रदर्शनी मार्गमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस वाल्मीकि विद्यापीठ राजधानीको केन्द्रमा संघीय सरकारको नाकैमुनि रहेर पनि ओझेलमा परेको छ ।
बाहिरबाट जोसुकैले भित्र नियाल्यो भने कुनै उच्च शिक्षा अध्ययन गर्ने ठाउँ जस्तो नभएर लामो समयदेखि कोही नबस्ने ‘खण्डहर’ जस्तो देखिन्छ । बाहिरी घेराको पर्खाल पुरानो भएको छ, प्रवेशद्वार टिनको पाताले बनाइएको छ । गेटमा सुरक्षा गार्ड बस्ने घर थोत्रो छ ।
झ्यालका जाली च्यातिएका छन् । भवनको छानो चुहिने भएको छ । पुराना र थोत्रिएका सामान राख्ने ठाउँ अव्यवस्थित छ, सामान छरप्रस्ट राखिएको छ । रंगरोगन र मर्मतसम्भारको अभावमा भवन खुइँलिएको छ । विद्यापीठको अगाडिको जग्गामा रहेको बगैंचामा बगैंचाको स्वरूप छैन, बन्दै गरेको धुलाम्मे सडक जस्तो छ ।
४ महिनादेखि तलब आएन
१ सय ७० प्राध्यापक र ४५ जना कर्मचारीले मंसिरदेखि तलब पाएका छैनन् । नेपाल संस्कृत विश्वविद्यालयमा साधारण सभाले आम्दानी र खर्च पारित नगरेसम्म अर्थ मन्त्रालयले अनुदान दिने प्रणाली छैन । विश्वविद्यालयले अनुदान नपाएपछि विद्यापीठको खातामा आवश्यक शीर्षकमा पैसा आउँदैन ।
विश्वविद्यालयमा बल्ल फागुन १९ गते साधारणसभा भयो । ४ महिनापछि तलब खान पाइने खुशीमा छन् प्राध्यापक र कर्मचारीहरू ।
प्रधानमन्त्री कूलपति रहने व्यवस्था रहेको विश्वविद्यालयमा प्रधानमन्त्रीले समय नदिएका कारण साउन भदौं महिनामा नै हुनुपर्ने साधारणसभा फागुनसम्म स¥यो । ‘अब छिट्टै तलब पाउँछौ होला,’ विद्यापीठ प्रमुख गणेशप्रसाद घिमिरेले तमाम निराशाबीच उत्साहित हुँदै भने ।
न रंगरोगन, न पुस्तकालय
२०७२ सालको भूकम्पबाट पुस्तकालयको भवन भत्केपछि ४० हजार जति पुस्तक धमिराले खाएर सिद्धिने अवस्थामा पुगेका छन् । प्रशासनले केही अत्यावश्यक पुस्तकको संरक्षण गरेको छ । बाँकी पुस्तकालय निर्माण गर्ने भवन कोठा नै विद्यापीठसँग छैन ।
‘पुस्तकालय विना नै विद्यापीठ सञ्चालन गर्ने कुरा कति गाह्रो होला ?’ घिमिरेले लोकान्तरसँग गुनासो गरे, ‘आधारभूत समस्या त सम्बोधन भएको छैन, रंगरोगन र अन्य कुराहरूको कसरी सम्बोधन होला ?’
विद्यापीठले आफ्नो मर्मतका लागि १९ वर्षदेखि रकम प्राप्त गर्न सकेको छैन । रंगरोगनको कुरै गर्नुपरेन, भवन खण्डहर जस्तो भएको छ । प्राप्त थोरै रकमले सामान्य र आधारभूत संरचनाको मर्मत गर्दा ठिक्क हुने गरेको छ ।
उत्तरमध्यमादेखि आचार्यसम्म पढाइ हुने यस विद्यापीठमा ८ सय विद्यार्थी पढ्छन् । विद्यापीठमा पढ्ने दलित र जनजाति विद्यार्थीलाई हाजिरीका आधारमा बढीमा १० महिनाको छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विद्यापीठमा पढ्ने ७५ जना विद्यार्थीले वार्षिक छात्रावास सुविधा पाएका छन् ।
विद्यापीठ ‘नेपाल संस्कृत विश्वविद्यालय’ अन्तर्गतको आंगिक क्याम्पस भएकाले हरेक क्रियाकलापको नियन्त्रण विश्वविद्यालयले गर्छ । पढाइ दिउँसो र साँझ गरेर २ चरणमा हुन्छ । यहाँ १७ वटा प्राचीन विषयमा पढाइ हुन्छ । ‘कुनै विषयमा विद्यार्थी थोरै छन्, कुनै विषयमा धेरै छन्,’ घिमिरेले भने, ‘भाषा प्रशिक्षण विषयमा विद्यार्थीको आकर्षण बढिरहेको छ । तर हामीसँग ५० जना विद्यार्थी अटाउने तीनवटा कोठा पनि छैनन्,’ घिमिरेले निराश हुँदै भने ।
नियमनको अभाव
घिमिरेका अनुसार विद्यापीठमा २ जना सुरक्षा गार्डको व्यवस्था छ । तर विद्यापीठ प्राङ्गणभित्र जोसुकै पनि छिर्ने गरेको छ, विद्यापीठले नियमन गर्न सकेको छैन । दिउँसोको समयमा काम नपाएर टहलिन आएकाहरू पनि विद्यापीठकै चौरमा बसेर समय बिताउँछन् ।
‘आवारा र दादागिरीका कारण यस्ता समस्या हल गर्न सकेका छैनौं,’ घिमिरे भन्छन्, ‘केटाकेटीका जोडी आएर टाँसिएर बस्छन्, सुरक्षा गार्ड गएर यसो गरेर यहाँ नबस भन्दा मान्दैनन् । अनि प्रहरी बोलाएर कसरी धपाउनु ?’
गुण्डागर्दीको एउटा उदाहरण सुनाउँदै घिमिरे भन्छन्, ‘एक पटक दिउँसो अचानक एउटा समूह आएर कार्यक्रम गर्नलाई ठाउँ माग्यो । तर मैले हुन्न भनें । अनि त ६ वटा ढोकाहरू तोडेर गएछन् । प्रहरीमा उजुरी गरौं भने राजनीतिक कित्ताबन्दीका आधारमा छाड्छन् । के गर्नु समस्या धेरै छ ।’ घिमिरेले मलिनताका साथ अनुभव सुनाए ।
जीर्ण विद्यापीठको प्रमुख भएतापनि घिमिरे आशावादी देखिन्थे । उनले भने, ‘हाम्रो मुख्य समस्या आर्थिक र भौतिक पूर्वाधारको अभाव हो । अहिले नयाँ ५ तले भवनको डीपीआर तयार गरेर पुनः निर्माण मन्त्रालयमा पठाएका छौं । भारत सरकारको सहयोगमा निर्माण हुने विषयमा छलफल भइरहेको छ ।’
त्यसपछि विद्यापीठको मुहार फेरिन सक्ने आशा छ घिमिरेको । मुस्कुराउँदै घिमिरे भन्छन्, ‘त्यसपछि हेरौं के हुन्छ ? त्यसो भएमा हाम्रो समस्या हल हुन्छ ।’
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...