१६ असार २०८३, मंगलबार

तराईमा होलीको रौनक, मुख्यमन्त्रीले यसरी मनाए होली [फोटोफिचर]

तराईमा होलीको रौनक, मुख्यमन्त्रीले यसरी मनाए होली [फोटोफिचर]

विराटनगर– आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ । हिजो पहाडी जिल्लामा मनाइएको होली आज तराईका जिल्लामा मनाईएको हो ।

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाईने गरिन्छ । नेपालमा प्राचिन समयमा मनाईने बसन्त उत्सव र मदन उत्सव मध्ये पहाडी समुदायले मौसम परिवर्तनको रुपमा वसन्त उत्सवलाई मानेर होली मनाउने गर्छन् ।

तराईमा महिला र पुरुषको बीचमा आत्मियता प्रदर्शन हुने मदन उत्सवको रुपमा भोलिपल्ट होली मनाइन्छ । होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । विशेषगरी पूर्वितराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विभिन्न जातजातीहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरू आज यो रङ्गिन चाड मनाउँदैछन् । 

पश्चिम नेपालको तराईहरूमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ । जवरजस्ती रंग छ्याप्ने, लोला हान्ने कार्यलाई रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । ट्राफिक चेकजाचलाई पनि कडाइ गरेको छ । सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न प्रहरीले चेकजाँच कडा पारेको जनाएको हो ।

यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा पार्टीबाट होली खेल्न शूरु गरेका छन् । उनले पार्टीका प्रदेश  सहइन्चार्ज साबित्रीकुमार काफ्लेलाई अबिर दलेका थिए भने साबित्री कुमार काफ्लेले मुख्यमन्त्री राईलाई अबिर दलेर एक आपसमा शुभकामना साटासाट गरे । पार्टी कार्यकर्ता सहित ठूलो संख्यामा सहभागी पार्टी कार्यालयमा हरेक बर्ष यसैगरी होली खेल्ने गरिएको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए ।
फोटोमा हेर्नुस् यस्तो देखियो मुख्यमन्त्रीको होली:-  

salt training

कमेन्ट गर्नुहोस्