२२ असार २०८३, सोमबार

क्राइस्टचर्च आक्रमणमा मारिएका व्यक्तिको सम्झनामा मौनधारण

क्राइस्टचर्च आक्रमणमा मारिएका व्यक्तिको सम्झनामा मौनधारण

काठमाडौं – क्राइस्टचर्चमा भएको आक्रमणको एक हप्तापछि न्युजील्यान्डमा मुसलमानी अजान प्रसारण गरिएको छ अनि दुई मिनेट मौनधारण राखिएको छ । 

प्रधानमन्त्री जासिन्डा आर्डर्न अल–नूर मस्जिदनजिक भेला भएका हजारौं शोककर्ताहरूसँगै समारोहमा उपस्थित भएकी हुन् । गत शुक्रवार आक्रमण भएका दुई मस्जिदमध्ये एक अल–नूर हो । 

इमाम गमाल फौदाले प्रार्थना गराउँदै भने, ‘हामीहरूको हृदय टुटेको छ तर हामीहरू टुटेका छैनौं ।’

आक्रमणमा ५० जना मारिएका थिए र अन्य दर्जनौं घाइते भएका थिए । 

अस्ट्रेलियामा बस्ने ब्रेन्टन ट्यारेन्टलाई एक हत्याको अभियोजन लगाइएको छ र थप अभियोजनको अपेक्षा छ । 

बिहीवार प्रधानमन्त्री आर्डर्नले सबै किसिमका अर्धस्वचालित हतियारमा प्रतिबन्धको घोषणा गरेकी छन् । 

हजारौं मानिस अल–नूर मस्जिदनजिकको हाग्ली पार्कमा हजारौं मानिस भेला भएर पीडितहरूको सम्झना गरेका थिए । 

प्रार्थनाका लागि आह्वान गरिने अजान राष्ट्रिय टीभी र रेडियोबाट स्थानीय समयअनुसार दिउँसो साढे १ बजे प्रसारण गरिएको थियो र त्यसपछि दुई मिनेट मौनधारण गरिएको थियो । 

त्यसअघि सम्बोधन गर्दै आर्डर्नले भनिन्, ‘न्युजील्यान्ड तपाईंहरूसँगै शोक मनाइरहेको छ, हामीहरू एक हौं ।’

बीबीसीबाट


 

salt training

कमेन्ट गर्नुहोस्