पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
चैत १८, २०७५
काठमाडौं – आइतवार राति तराईमा आएको आँधीहुरीमा ठूलो जनधनको क्षति भएपछि राहत, उद्धार र व्यवस्थापनको काम भइरहेको छ ।
आँधीहुरीका कारण बारा र पर्साका कैयौ परिवार घरवारविहीन भएका छन् । हुरीले घर भत्काएको र छाना उडाएका कारण कतिपय परिवारको गाँस, बासको ठेगाना समेत छैन ।
हुरी प्रभावितको यकिन विवरण तयार भइनसकेपनि ठूलो संख्यामा परिवारहरू प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ । सँगसँगै घरवारविहीन परिवारको व्यवस्थाको समेत जिम्मेवारी सरकारमाथि आएको छ ।
तराईका हुरी प्रभावित परिवारको घर र छाना व्यवस्थापनको चिन्ताले सताइरहेका बेला भूकम्प पीडितका लागि भनेर खरिद गरिएका जस्तापाता वीरगञ्जस्थित गोदाममा रहेको पाइएको छ ।
भूकम्प पीडितका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३ वर्षअघि खरिद गरेका जस्तापाता वीरगञ्जको गोदाममै थन्किएका छन् । वीरगञ्जको गोदाममा रहेका जस्तापाताले बारा र पर्साका हुरी पीडितलाई राहत दिन सकिने सरकारी अधिकारी बताउँछन् । तर साल्ट ट्रेडिङ स्वामित्वको जस्तापाता हुरी पीडितलाई बाँड्न सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।
भूकम्प पीडितलाई अनुदानमा दिन साल्ट ट्रेडिङले खरिद गरेको ५० हजार बन्डल जस्तापाता वीरगञ्जको गोदाममा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ ।
२०७२ वैशाखमा भूकम्पपछि पीडितलाई उपलब्ध गराउन सरकारले ट्रेडिङलाई ५० हजार बन्डल जस्तापाता खरिद गर्न अनमुति दिएको थियो । सरकारी निर्णय अनुसार खरिद गरेर ल्याएको ५० हजार बन्डल जस्तापाता वीरगञ्जस्थित ट्रेडिङको गोदममै थन्किएको साल्ट ट्रेडिङका व्यापार निर्देशक पंकज जोशीले बताए ।
सरकारले भूकम्प पीडितलाई जस्तापाताको सट्टा १५ हजार रुपैयाँ नगद उपलब्ध गराएपछि जस्तापाता गोदाममै थन्किएका थिए । ती जस्तापाता बिक्रीका लागि टेन्डरको सूचना आह्वान भएपनि बिक्री भइसकेका छैनन् । ‘यसअघि १ पटक टेन्डर जारी गरेका हौं, कोही आएनन्,’ जोशीले सोमबार लोकान्तरसँग भने, ‘अझै टेन्डरको सूचना निकाल्ने तयारीमा छौं ।’
३ वर्षअघि खरिद गरेको जस्तापाताको त्यतिबेलाको मूल्य करीब ३० करोड रुपैयाँ रहेपनि हाल जस्तापाताको मूल्य ४० करोड रुपैयाँ पर्ने साल्ट ट्रेडिङका अधिकारी बताउँछन् । गोदाममा रहेका जस्तापाता उपयुक्त ठाउँमा प्रयोग गरी साल्ट ट्रेडिङलाई परेको आर्थिक भार व्यहोर्न यसअघि संसदको तत्कालीन उद्योग, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारलाई पटक–पटक निर्देशन दिएको थियो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...