१७ असार २०८३, बुधबार

शिक्षामन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा पोखरामा ३ विद्यार्थी नेता पक्राउ

चैत २०, २०७५
शिक्षामन्त्रीलाई कालोझण्डा देखाएको आरोपमा पोखरामा ३ विद्यार्थी नेता पक्राउ

पोखरा – पोखरामा नेपाल विद्यार्थी संघले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कालोझण्डा देखाउन खोजेको छ ।

शिक्षा क्षेत्रको विकृति र अराजकता रोक्न सरकारले आवश्यक पहल नगरेको भन्दै नेविसंघले पोखरा विश्वविद्यालयको १६ औं दीक्षान्त समारोहमा सहभागी हुन आएका मन्त्री पोखरेललाई कालोझण्डा देखाएका हो ।

प्रहरीले शिक्षामन्त्री पोखरेललाई कालोझण्डा देखाएको आरोपमा ३ विद्यार्थीलाई पक्राउ गरेको नेपाल विद्यार्थी संघका केन्द्र्रीय सदस्य भानु ढकालले बताए । मुलुकमा कायम रहेको भ्रष्टाचार र कुशासनविरुद्ध नेपाल विद्यार्थी संघ केन्द्रले तोकेको मन्त्रीविरुद्ध कालोझण्डा देखाउने घोषित सांकेतिक कार्यक्रम अनुसार विद्यार्थीले कालोभण्डा देखाएको उनले बताए ।

केन्द्रीय सदस्य ढकालका अनुसार पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालय इकाई सभापति फिरोज सुवेदी, नेविसंघका जिल्ला नेता प्रताप बानियाँ र विश्वविद्यालय इकाई समन्वय समिति सचिव विकास रानाभाट छन् ।

केन्द्रीय सदस्य ढकालले गिरफ्तार विद्यार्थीको तत्काल रिहाइ गर्न समेत माग गरेका छन् । विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय डाँडाकोनाक शिशुवाको नियन्त्रणमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्