कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडौं – सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो ।
त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्णले निर्देशिकाको मस्यौदा तयार भएको भन्दै त्यसलाई स्वीकृत गर्न बाँकी रहेको बताए ।
‘सडक पेटीमा बेचिने वस्तुको नियमन गर्नुपर्छ,’ उनले भने, ‘विशेषगरी सडक पेटीमा प्रिन्टेड कागजमा बिक्री हुने खानेकुरा नियमनका लागि निर्देशिका लगभग बनिसकेको छ । अब मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रीबाट स्वीकृत भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ ।
विभागकी उपमहानिर्देशक मतिना जोशी वैद्यले चटपटे बिक्री गर्दा दर्ता गरेर बिक्री गर्नुपर्ने मापदण्ड बनाइएको बताइन् । कागजमा बिक्री हुने चटपटे स्वास्थका दृष्टिकोणले हानिकारक भएको भन्दै त्यसको नियमनका लागि निर्देशिका बनाइएको उनले बताइन् ।
‘चटपटे दर्ता गरेर बिक्री गर्नुपर्ने मापदण्ड बनाएका छौं,’ उनले भनिन्, ‘अमिलो हालेको चटपटे पत्रिकामा राखेर खानु हानिकारक हुन्छ ।’
चटपटेमा हालिने अमिलोसँगै पत्रिकामा भएको मसी पखालिएर आउने र मसीमा प्रशस्त रसायन हुने भन्दै उनले त्यो रसायन स्वास्थका लागि हानिकारक हुने बताइन् । ‘चटपटेमा जुन अमिलो हुन्छ, त्यसले पत्रिकामा भएको मसी पनि खानेकुरासँगै पखालिएर आउँछ,’ उनले भनिन्, ‘त्यो मसीमा प्रशस्तै अखाद्य केमिकल हुन्छ ।’
सडक पेटीमा पाइने चटपटे धुलो धुँवाका कारणले उसैपनि दूषित हुन सक्ने भन्दै विभागले त्यसको नियमन अपरिहार्य रहेको बताएको छ ।
निर्देशिमा सडक पेटीमा गरिने व्यवसाय प्यानमा दर्ता हुनुपर्ने, खानेकुरा कागजमा बिक्री गर्न नपाइने मापदण्ड तोकिएका छन् । बिक्री गर्नका लागि राखिएका पानीपुरी, चटपटेजस्ता वस्तुको सम्पर्क प्रदूषित वातावरणसँग हुन नहुने समेत मापदण्डमा उल्लेख गरिएको विभागका अधिकारीको भनाई छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...