२१ असार २०८३, आइतबार

जनयुद्धको गीतमा पूर्व एमाले मजदुर नेताहरूले कम्मर मर्काएपछि ... [भिडियो]

बैशाख १८, २०७६
जनयुद्धको गीतमा पूर्व एमाले मजदुर नेताहरूले कम्मर मर्काएपछि ... [भिडियो]

काठमाडौं –आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

नेपालमा पनि विभिन्न राजनीतिक दल तथा संघ–संस्थाको पहलमा यो दिवस मनाउन थालिएको लामै समय भयो । वास्तविक मजदुरहरू बेखबर नै किन नहुन्, दिवस बर्सेनि मनाउने गरिएको छ ।

यसैक्रममा बुधवार  विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरूले अलग–अलग कार्यक्रम गरेर दिवस मनाए ।

काठमाडौंको केन्द्रमा रहेको रत्नपार्कको प्रवेशद्वारको ठीक अगाडि पूर्व एमाले भ्रातृ संगठन जिफन्टका कार्यकर्ताहरू मजदुर दिवसको ब्यानर टाँगेर नाचिरहेका थिए । पृष्ठभूमिमा घन्किरहेको थियो– ‘अरुण तरेर नाना तमोर तरेर....’ 

यो गीत जनयुद्धलाई सहयोग गर्ने गरी तत्कालीन माओवादी नेता मणि थापा (हाल नेकपा)ले लेखेका हुन् । गीतमा स्वर प्रदीप देवानको छ, जो हाल नयाँ शक्तिमा छन् ।

गीतमा युद्ध लडेर फर्किँदै गरेका योद्धाहरूको मनोभावना समेटिएको छ ।

एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष बित्न लाग्यो । जिल्ला तहसम्मको एकीकरण हालै सम्पन्न भएको छ, तर भ्रातृ संगठनहरूको एकता प्रक्रिया टुंगिन सकिरहेको छैन ।

यसबीचमा पूर्व एमाले पृष्ठभूमिका मजदुर नेता/कार्यकर्ता माओवादीको युद्धकालीन गीतमा कम्मर मर्काइरहेको दृष्य आफैंमा रोचक थियो ।

पछिल्लो समय पूर्व एमाले र पूर्व माओवादी भ्रातृ संगठनहरूले संयुक्त कार्यक्रम गर्ने गरेपनि त्यहाँ भने पूर्व माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको ब्यानर थिएन ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्