×

NMB BANK
NIC ASIA

जनयुद्धको गीतमा पूर्व एमाले मजदुर नेताहरूले कम्मर मर्काएपछि ... [भिडियो]

बैशाख १८, २०७६

NTC
Premier Steels

काठमाडौं –आज मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

Muktinath Bank

नेपालमा पनि विभिन्न राजनीतिक दल तथा संघ–संस्थाको पहलमा यो दिवस मनाउन थालिएको लामै समय भयो । वास्तविक मजदुरहरू बेखबर नै किन नहुन्, दिवस बर्सेनि मनाउने गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैक्रममा बुधवार  विभिन्न राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरूले अलग–अलग कार्यक्रम गरेर दिवस मनाए ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको केन्द्रमा रहेको रत्नपार्कको प्रवेशद्वारको ठीक अगाडि पूर्व एमाले भ्रातृ संगठन जिफन्टका कार्यकर्ताहरू मजदुर दिवसको ब्यानर टाँगेर नाचिरहेका थिए । पृष्ठभूमिमा घन्किरहेको थियो– ‘अरुण तरेर नाना तमोर तरेर....’ 

Vianet communication

यो गीत जनयुद्धलाई सहयोग गर्ने गरी तत्कालीन माओवादी नेता मणि थापा (हाल नेकपा)ले लेखेका हुन् । गीतमा स्वर प्रदीप देवानको छ, जो हाल नयाँ शक्तिमा छन् ।

गीतमा युद्ध लडेर फर्किँदै गरेका योद्धाहरूको मनोभावना समेटिएको छ ।

एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष बित्न लाग्यो । जिल्ला तहसम्मको एकीकरण हालै सम्पन्न भएको छ, तर भ्रातृ संगठनहरूको एकता प्रक्रिया टुंगिन सकिरहेको छैन ।

यसबीचमा पूर्व एमाले पृष्ठभूमिका मजदुर नेता/कार्यकर्ता माओवादीको युद्धकालीन गीतमा कम्मर मर्काइरहेको दृष्य आफैंमा रोचक थियो ।

पछिल्लो समय पूर्व एमाले र पूर्व माओवादी भ्रातृ संगठनहरूले संयुक्त कार्यक्रम गर्ने गरेपनि त्यहाँ भने पूर्व माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघको ब्यानर थिएन ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x