×

NMB BANK
NIC ASIA

पर्यटन प्रवर्द्धन

गण्डकीका मन्त्रीको प्रस्टीकरण : ‘इन्जोय जोन’ भनेको ‘रेड लाइट एरिया’ होइन

जेठ १, २०७६

NTC
Premier Steels

काठमाडौं – पर्यटकीय नगरीको व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकार बनेपछि पटक–पटक बहस हुने गरेको छ ।

Muktinath Bank

प्रदेश ३ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको केही समयपछि पोखरामा ‘रेड लाइट एरिया’ बनाउन सकिनेबारे अभिव्यक्ति दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्रीको त्यो अभिव्यक्तिले निकै चर्चा पायो, विवादास्पद बन्यो र बिस्तारै सेलाएर गयो ।


Advertisment
Nabil box
Kumari

हाल गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले एउटा कार्यक्रममा पोखरामा ‘इन्जोय जोन’ (मनोरञ्जन क्षेत्र) बनाउने सम्बन्धी अभिव्यक्ति दिए । मन्त्रीको ‘इन्जोय जोन’ बनाउने अभिव्यक्तिमाथि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा टिकाटिप्पणी भइरहेको छ ।

Vianet communication

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले आफूले राखेको अभिव्यक्तिको मर्मभन्दा विषयवस्तु बाङ्गिएर मिडियामा आएको बताए ।

‘खासमा हामीले पोखरामा एउटा स्पेसल इकोनोमिक जोन बनाउने कुरा गरेको हो । पर्यटकीय क्षेत्र अहिले पनि फेवातालको आसपासमा विकास भएका छ । यो ठाउँमा व्यक्तिगत, पारिवारिक बसाइ छ, विद्यालय छन्, मठ मन्दिर पनि छन् । पर्यटकीय क्षेत्र भनेपछि पर्यटक जुनसुकै समयमा दिन वा रातिमा आउँछन्, उनीहरूलाई सेवासुविधा दिनुपर्छ ।’

प्रदेश सरकारले पर्यटकीय क्षेत्र विकासको कुरा गरेको मन्त्री लम्सालले बताए । ‘मैले भनेको इन्जोय जोन अन्तर्गत मेडिटेसन सेन्टर (ध्यान केन्द्र), सबै प्रकारका स्ट्यान्डर्ड खानपिन र अन्तर्राष्ट्रिय स्तरको हाम्रो संस्कृति सुहाउँदो सेवा सुविधाको क्षेत्र हो,’ मन्त्री लम्सालले भने, ‘अहिले फेवातालको क्षेत्रमा निजी, व्यक्तिगत, पारिवारिक जीवन पनि छ । अब हामीले बनाउने पर्यटकीय जोनमा नितान्त पर्यटकीय जीवन मात्रै होस् भन्न खोजेको हो । जसले गर्दा त्यो पर्यटकीय ईकोनोमिक जोनको रुपमा विकास हुन्छ ।’

सामाजिक संस्कृति र सभ्यताले गर्न नमिल्ने कुरालाई प्रदेश सरकारले बुझेको मन्त्री लम्सालले बताए । ‘सरकारले नै छाडा विषयमाथि नियन्त्रण गर्न खोजिराखेको छ । अनि हाम्रो कानूनले नै रेडलाइट एरिया बनाउने कुरालाई स्वीकार गर्दैन, त्यसैले त्यस्तो प्रकारको कुरा मैले गरेको होइन,’ मन्त्री लम्सालले भने, ‘बरु स्पेसल पर्यटकीय जोन बनाएर आगन्तुक पर्यटकलाई गुणस्तरीय सेवासुविधा दिएर बढी पैसा खर्च गराउने ढंगको क्षेत्र बनाउन खोजेको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x