×

NMB BANK
NIC ASIA

काठमाडौं – संविधानले नै समाजवादउन्मुख नीति लिएको र केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले समेत समाजवादलाई नारा र भाषणमा सम्झिने गरेको छ ।

Muktinath Bank

सरकार बनेको लामो समयसम्म पनि सरकारी नीति समाजवादउन्मुख नबनेको र जनताले अनुभू ितगर्न नपाएको भनेर आलोचना भइरहेका बेला सरकारको प्रशासनिक केन्द्र सिंहदरबारमा भने समाजवादी खाजाघर भेटिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाजवादलाई सहज रुपमा बुझ्दा सर्वसाधारणले सस्तो र सुलभ सेवा पाउने बुझिन्छ । सिंहदरबारको एउटा खाजाघरमा त्यस्तै छ ।


Advertisment
Nabil box
Kumari

शाकाहारी मःम १७ रुपैयाँमा १ प्लेट मिल्छ भनेर सहजै पत्याउन सकिँदैन तर सिंहदरबार प्रवेश गर्न सक्ने पहुँचवालाले १७ रुपैयाँमा शाकाहारी मःम खान पाउँछन् । १ प्लेटमा १० वटा मःमका टुक्रा राख्ने गरिन्छ ।

Vianet communication

सिंहदरबारभित्र कञ्चन चमेना गृहले अत्यन्तै सस्तो मूल्यमा मःमः उपलव्ध गराउँदै आएको छ । मूल्यसूचीमा उल्लेख गरिएअनुसार खाजा घरमा अन्य धेरै खाजा पनि निकै सस्तो मूल्यमा पाइन्छन् ।

साझेदारीमा कुमार सापकोटा र उत्तमकुमार भट्टले खाजाघर सञ्चालन गर्छन् । नेपाल पुनर्निर्माण प्राधिकरणमार्फत् २०७४ मंसिरमा ठेक्का प्रक्रियाबाट खाजाघर सञ्चालनको अनुमति प्राप्त गरेको सापकोटाले बताए ।

ठेक्का प्रक्रियामार्फत सम्झौता अनुसारको मूल्य र गुणस्तर कायम भएकाले चमेना गृह सञ्चालकले तोकिएको मूल्यमा नै ग्राहकलाई खाजा उपलब्ध गराउनुपर्ने हुन्छ । खाजाघरले कालोचिया ३ रुपैयाँ, दूधचिया ११ रुपैयाँ र सादा खाना ७९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।

हेर्नूस् यस्तो छ मूल्यसूची :-

‘मःम बनाउँदा कम्तीमा ५५–५६ रुपैयाँसम्म खर्च हुन्छ तर हामीले सम्झौता अनुसार १७ रुपैयाँमा बेच्छौं । करीब १० आईटममा हामीले नाफा आर्जन गर्न सकेका छैनौं, अरु आईटम भने साधारण बजार दररेट अनुसार भएकोले हामीले पूरै घाटा व्यहोर्नुपरेको छैन । प्रत्येक ६ महिनामा नेपाल राष्ट्र बैंकले अद्यावधिक गर्ने मूल्यसूची अनुसार मूल्यमा थपघट गर्ने सम्झौता भएको तर त्यो अनुसार मूल्यमा अद्यावधिक गर्न नसकिएको सञ्चालक कुमार सापकोटाले जानकारी दिए ।

चमेना गृहले मासिक घरभाडा बुझाउनुपर्दैन, खर्च भएको बिजुलीको शूल्क मात्र बुझाए हुन्छ । सञ्चालक सापकोटाले भने, ‘मासिक भाडा बुझाउनु नपर्ने र व्यापार ठूलो परिमाणमा हुने हुँदा हामीले प्रतिस्पर्धामा सस्तो दररेट राखेका हौं तर बजारमा सामानको मूल्यमा ठूलो परिवर्तन भएकाले अहिले गाह्रो भएको छ । हामीले मूल्य समायोजनको निमित्त सम्बन्धित कार्यालयमा अनुरोध पनि गरेका छौं ।’

सिंहदरबारको सस्तो समाजवादी खाजाघरमा सबै सर्वसाधारणले खान भने पाउँदैनन् । खाजाघरसम्म पुग्न सिंहदरबारभित्र प्रवेश गर्नुपर्छ तर सिंहदरबारभित्र सबैले सहजै प्रवेश पाउँदैनन् । सिंहदरबार जान प्रवेश पास चाहिन्छ, जुन सबैको पहुँचमा हुँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x