×

NMB BANK
NIC ASIA

काठमाडौं – कोठाभित्र एकान्त परिदृश्य । तस्वीरमा भाले कुखुरा र १ जना महिला सँगसँगै १ जना पुरुष पनि ।

Muktinath Bank

मान्छेको आकारभन्दा अजंगको छ कुखुराको भाले । शरीरमा थोरै प्वाँख र रातो शीर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भालेले महिलालाई जबरजस्ती अर्धनग्न बनाउँदै आफ्नो नियन्त्रणमा लिएर बलात्कार गर्दैछ । बलात्कृत नारीले हारगुहारको चित्कार गरिरहेकी छन् ।


Advertisment
Nabil box
Kumari

उनको चित्कार सुन्ने बलात्कारी भाले र दर्शक पुरुष मात्र छन् । घटनालाई पुरुषले नतमस्तक भएर हेरिरहेका छन् । उसको पछाडि रक्सीजस्तो देखिने बोतल ठडिएको छ ।

Vianet communication

बलात्कृत नारीको चित्कार आवाज केवल सन्नाटामा हराएको छ । उनी निरन्तर बलात्कृत भइरहेकी छन् ।

यथार्थमा कहिल्यै पनि कुखुराको भालेले महिलाको बलात्कार गरेको घटना सुनिँदैन तर म्याग्दीका चित्रकार पकबहादुर थापाले आफ्नो कल्पनामा यस्तो तस्विर तयार पारेर चित्रमा उतारे ।

नेपाल कला परिषद् बबरमहलमा भएको ‘फाइन आर्ट’ प्रदर्शनी कार्यक्रममा कलाकार पकबहादुरको कला भित्तामा टाँगिएको छ । भावुक मान्छेका आँखा केहीबेर टक्क अडिने तस्विरले नेपाली समाजमा घटिरहेका घटनालाई व्यंग्य गरेको छ ।

‘मैले तस्वीरमा भालेलाई समाजमा गलत काम गर्ने प्रतिकको रुपमा चित्रित गरेको हुँ । हाम्रो समाजमा यस्ता भालेहरू छन्, जो पात्रहरू नेपथ्यमा बसेर समाजमा गलत काम गरिरहेका छन् । यो तस्वीरमा मैले मान्छेको तस्वीरको प्रयोग नगरेर कुखुराको भालेको प्रयोग गरेको छु,’ उनले भने, ‘भालेको भूमिकामा मान्छेको तस्वीर पनि राख्न सकिन्थ्यो तर त्यसो गर्दा अश्लिल देखिन सक्ने हुँदा कुखुराको भालेलाई मैले गलत भूमिकामा प्रस्तुत गरेको हुँ ।’

समाजमा रहेका भालेहरूले महिलामाथि कुदृष्टि राख्दै बलात्कार गर्ने गरेको प्रतिबिम्ब तस्वीरमा रहेको उनले बताए । ‘त्यस्ता भालेहरू कहीँ न कहीँ सुरक्षित भइराखेका छन् । घटना घटाउने पात्र र घटनाको दृश्य देख्ने पात्र दुवै पक्षलाई म पात्रको रुपमा नेपथ्यमा मैले १ जना पुरुष प्रतिकलाई तस्वीरमा प्रस्तुत गरेको छु ।’

म्याग्दीका चित्रकार पकबहादुर थापाले नेपथ्य शीर्षकमा हालसम्म २० वटाभन्दा बढी चित्र बनाइसकेका छन् । नेपथ्यमा रहेर समाजमा घटना घटाउने प्रवृत्तिलाई चित्रकार पकबहादुरले शृंखलाको रुपमा विकास गरेको र सोही अन्तर्गत नै तस्वीर बनाएको उनले बताए । तस्वीरको मूल्य १ लाख ५ हजार रुपैयाँ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x